सुनकाे भाउ फेरि बढ्यो

3
VIEWS

सोमबार स्थिर रहेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला छ सय रूपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २० हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

 

सोमबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १९ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।

सोमबार प्रतितोला १४ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १४ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार