भारतीय सुटर सुजित सिंहलाई बारा प्रहरीले गर्‍यो पक्राउ

69
VIEWS

बाराः

भारतीय सुटर सुजित सिंह बाराबाट पक्राउ परेका छन्। भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१ सिंह नेपालमा बसेर अपराधीक क्रियाकलाप गर्दै आएका थिए।उनलाई बारा प्रहरीले एक थान पेस्तोल र ५ थान गोलीसहित पक्राउ गरेको बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी गराका छन् ।

 

उनलाई प्रहरीले पक्राउ गर्न खोजेपछि भागेकोले खुट्टामा गोली प्रहार गरी पक्राउ गरिएको एसपी काफ्लेलेजनाएका छन् । सिंहको दुवै खुट्टामा गोली लागेको छ।गत असोजको दोस्रो हप्ता बाराको सदरमुकाम कलैयामा वडा नम्बर(६ मा दुई मोटरसाइकलमा आएका चार जनाको अज्ञात समूहले बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई दिन दहाडै गोली प्रहार गरी हत्या गरेका थिए।

 

सुजित सिंहसहित अन्य ३ जना मिलेर स्वर्णकारको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। खुट्टामा गोली लागेका सिहलाई कलैया अस्पतालमा राखेर उपचार भइरहेको प्रहरीले बताएका छन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार