बेलडाँडीका एक शिक्षक झुण्डिएको अवस्थामा फेला

3.1k
VIEWS

बेलडाँडी-बेलडाँडी गाउँपालिका-२ सिंहपाल आधारभूत विद्यालयका शिक्षक मदनराज उपाध्याय आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

 

५० वर्षिय उनी आफ्नै सुत्नेकोठामा बेडको माथी कुर्सी राखेर पङ्खा झुण्डिएको अवस्थामा सोमवार दिउँसो करिब २ बजे तिर भेटिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्ण बहादुर कुँवरले जानकारी दिए।

 

मोटरसाइकल सडकमैं स्ट्यान्डर्ड गरेर भित्र पसेका उनले केही समयमै आत्महत्या गरेको परिवारजनले जनाएको छ । विरामी विदामा घर बसेका उनले एक्कासी यस्तो गरेको स्थानीयको भनाई छ ।
घटना कसरी घटेको हो भन्ने बारे प्रहरीले अनुसन्धान जारी राखेको छ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार