बेलौरीबाट रातीको समय भारतबाट भित्र्याइदै गरेको उखु प्रहरीको फन्दामा

271
VIEWS

बेलाैरी/१९ पुस । बेलौरीमा भारतबाट नेपाल भित्र्याइदै गरेको उखु प्रहरीको फन्दामा परेको छ । बुधबार राती बेलौरी नगरपालिका –१ बैशाखीबाट भे१ त ३२८६ नम्बरको ट्याक्टर सहित दुई ट्राली उखु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश डाँगीका अनुसार राती प्रहरी देख्दा चालक भागेका थिए । नियन्त्रणमा लिएको ट्याक्टर सहितको उखु आवश्यक प्रक्रियाका लागी त्रिनगर भन्सार कार्यालय पठाएको जानकारी गराउनु भयो ।

 

मिल सञ्चालनमा आए देखि झिलमिला देखि पुनर्वास खड्डाककट सम्म उखु भित्रिने गरेको स्थानीय बताउछन् । पछिल्लो समयमा बेलौरी प्रहरी सिमा क्षेत्रमा कडा रुपमा उत्रिएको छ तर बेलडाँडी र झिलमिला प्रहरी भने कडारुपमा प्रस्तुत हुन नसकेको स्थानीयको बुझाई छ ।

 

यस अघि पनि बेलौरी प्रहरीले १ ट्राली उखु नियन्त्रणमा लिइ भन्सार कार्यालय पुर्याएको थियो । यता मङ्सिर देखि संचालनमा रहेका दुई सुगर मिलमा भने पुष दोश्रो हप्ता देखी नै उखु अभाव भइरहेको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार