बेलडाँडी । बेलडाँडी प्रवेश गर्नेहरुको मन प्रफुल्ल पार्न रास्वपा बेलडाँडीका युवा नेता गोकर्ण जोशीले नौलो परिकल्पना गरेका छन् ।
जोशीले आफ्नो फेसबुकमा एक स्टाटस राख्दै यस्तो भनेका छन् शुक्लाफाटाको मनोरम दृश्य छिचोल्दै सुन्दर गाउँ प्रवेश गर्नै लाग्दा निलो आकाशमा फरफराईरहेको ठुलो राष्ट्रिय धोज र बेलडाँडीको पहिचान झल्काउने “बेलडाँडीमा स्वागत छ“ लेखिएको बेलको आकृति, देख्नेहरुको मन प्रफुल्ल होला नि है । भन्दै परिकल्पना गरेका छन् ।
उनले भनेका छन् यो परिकल्पना साकार पारौं र माघ १ गतेदेखि आवश्यक प्रक्रिया थाल्दैछौ, सबैले हातेमालो गरौं भन्दै एक महत्पुण परिकल्पना सार्वजनिक गरेका छन् ।
बेलडाँडीको छोटो परिचय :
कञ्चनपुर जिल्लामा पर्ने बेलडाँडी गाउँपालिका नेपाल सरकारको मिति २०७३/११/२२ गतेको निर्णयानुसार देशभरी गठन गरिएका ७५३ स्थानिय तहहरु मध्येको एक पालिका हो । कञ्चनपुर जिल्लाको दक्षिण भेगमा अवस्थित यो गाउँपालिका राज्यको मापदण्ड नपुग्दा नगरपालिकाबाट गाउँपालिका बनेको थियो । साविक रौतेली विचवा गा.वि.स.का ७, ८ र ९ वडाहरु र साविक बेलडाँडी गा.वि.स.का पुरै (१–९) वटा वडाहरुहरु समायोजन गरि बेलडाँडी नगरपालिका बनेको थियो ।
यस गाउंपालिकामा जम्मा ५ वटा वडाहरु रहेका छन । जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि २८ कि.मि टाढा दक्षिण तर्फ रहेको यस गाउंपालिकाको आफ्नै खालको धार्मिक, राजनैतिक, सामाजिक महत्व र विशेषता रहेको छ । यस गाउंपलिकामा आदिवासी थारु समुदाय र पहाडबाट बसाइसराइ गरी आएका विविध जातजाती,धर्म र वर्णका मानिसहरुको मिश्रित बसोवास रहेको छ । पहिले यो डाँडामा बेलका रुखहरुको जंगल रहेकोले सोहि जंगलको नामबाट यसको नाम बेलडाँडी रहन गएको पुराना जानकार बताउछन् ।
यस गाउँपालिकाको कुल क्षेत्रफल ३६.५४ वर्ग कि मी रहेको छ । बेलडाँडी गाउँपालिका कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र न. १ मा पर्दछ तथा ईलाका न. २ मा पर्दछ । बेलडाँडी गाउँपालिका २८.४६ उत्तरी अक्षांस तथा ८०.१६ पूर्वी देशान्तरमा अवस्थित रहेको छ ।
समुन्द्र सतह देखि २८० मिटर देखि ५०० मिटर उचाईमा रहेको यस गाउँपालिकामा उपोष्ण हावापानी भएको पाइन्छ । यस गाउँपालिकाको उत्तर दिशामा शुक्लाफाँटा राष्ट्रिय निकुन्ज , पुर्वमा बेलौरी नगर पालिका र पश्चिममा भारत को उत्तर प्रदेश को पिलिभित रहेको छ । बेलडाँडी गाउँपालिका अधिकांश समतल भू–भागले बनेको छ । यस गाउँपालिकाको जनघनत्व ८०४.४८ रहेको छ ।
Discussion about this post