पुनर्वास प्रहरीद्धारा विद्यलय क्षेत्र आसपासका व्यापारीहरुलाई लागु औषध न्युनिकरण सम्वन्धि सचेतिकरण

लाल बहादुर एस.के./पुनर्वास । पुनर्वास प्रहरीद्धारा विद्यलय क्षेत्र आसपासका व्यापारीहरुलाई लागु औषध न्युनिकरण सम्वन्धि सेचेतिकरण गराईएको छ । पुनर्वास नगरपालिका २ मा हरेको सरस्वती माध्यमिक विद्यालय मोतिबस्तीको क्षेत्राधिकार भित्र पर्ने पसलेहरुलाई “ लागु औषध न्युनिकरण सम्बन्धि महाअभियान २०८० “ अन्तर्गत पुनर्वास प्रहरीद्धारा सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रमको सहजीकरण गर्दै प्रहरी सहायक निरीक्षक मुकेश सिँह ठकुरीले नियमानुसार विद्यालय क्षेत्रभन्दा कम्तीमा पाँच सय मिटरको सेरोफेरोमा कुनै पनि सुर्तीजन्य बस्तु लगायत लागू औषध बिक्री वितरण गर्न नपाइने भएता पनि पछिल्लो समय भने पसलहरुमा सजायर राखेको देखिन्छन् । तसर्थ बिक्रेताहरुलाई लागू औषध बिक्रीवितरण सम्बन्धि नियम बारे अभिमुखिकरण गरिएको हो ।

पहिलोपटकका लागी ब्यापारीलाई सचेत गराएको छ भने पुनः यस्ता कार्य दोहोरिन गएको खण्डमा कानुन सम्बद्ध कार्वाही गरिने चेतावनी समेत दिइएको छ ।
असल समाज निर्माण गर्न हाम्रो साझा दायित्व रहेको बताउदै असइ मुकेश सिँह ठकुरीले विद्यार्थीहरुलाई लागु औषधको प्रभाव र कुलतबाट बचाउन प्रति हामी सबै प्रतिबद्ध रहन जरुरी रहेको बताए ।

विद्यालय क्षेत्र वरिपरिका व्यापारीजनहरुलाई लागू औषध बिक्रीवितरण गर्दा त्यसको अप्रत्यक्ष असर बालबालिकामा पर्ने भएकोले नियन्त्रण तथा सचेतना गर्न अनिवार्य रहेको उहाँले बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष समेत रहनुभएका विद्यालयका प्र अ जितेन्द्र पौडेलले विद्यालयको समग्र विकासमा वडाबासीको महत्त्वपूर्ण भुमिका हुने भएकाले यस्तो कार्य प्रतिको बुझाई सकारात्मक राख्नुपर्ने बताएका छन ।
यसैगरी पुर्व पिटिए सदस्य समेत रहनुभएका स्थानीय व्यापारी रमेश चन्दले प्रहरीको यस्तो समाजिक कार्यले गौरव महसुस भएको भन्दै निडर भएर अघि बढ्न आग्रह गरेका छन ।

कार्यक्रममा २ न वडाका वडा अध्यक्ष डम्बरबहादुर थापा , विद्यालयका प्रअ जितेन्द्र पौडेल ,विद्यालय व्यवस्थापन समिति अध्यक्ष गगन सुनार , सदस्य राजेन्द्र साउद लगायत समाजसेवी,बुद्धिजीवी,पत्रकार ,बिद्यार्थी शिक्षकहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित