अत्तरीया । कैलालीको अत्तरियामा जारी प्रादेशिक महोत्सवमा झन्डै २८ बढी नक्कली टिकटको ठेली प्रयोग भएको भेटिएका छन ।
आयोजकले टिकट काटने टिमबाट उक्त ठेली बरामद गरेका हुन । संघ को समिति भित्र कै पदाधिकारीको मिलोमतोमा नक्कली टिकट ठेली बनाइएको आशंका गरिएको छ ।
संघका कोषाध्यक्ष हेम भण्डारीले नक्कली ठेली भेटिएको पुष्टी गरे । उनले नक्कली टिकटको ठेली नियन्त्रणमा लिइएको बताए ।
संघले टिकट काट्ने जिम्मा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वबियुलाई दिएको थियो । यसको बारेमा संघले आन्तरिका छलफल गरेको छ । ति ठेली कहाँ बनाइएको र कहिले देखी प्रयोगमा आएको हो भन्ने खुलेको छैन ।
संघले छापेका आधिकारिक टिकट भन्दा नक्कली टिकटमा छपाई कमसल प्रयोग भएको देखिन्छ । संघले थप टिकट नक्कली प्रयोग हुन सक्ने भन्दै आज देखी आँफै टिकट बिक्री बितरण गर्न शुरु गरेको छ ।यसबाट संघले महोत्सब मार्फत गर्ने आम्दानीमा समेत धक्का लागेको छ ।
संघ स्रोतका अनुसार नक्कली ठेलीबाट ५ लाख बढीको घोटाला भएको आशंका गरिएको छ । यस बारेमा संघले छिट्टै आफ्नो धारणा सार्बजनिक गर्ने स्रोतको भनाई रहेको छ ।
Discussion about this post