भीमदत्तको ब्रम्हदेबमा वालुवाभित्र काठ तस्करी गरेको टेक्टर फन्दामा

कञ्चनपुर/माघ ७ । काठ तस्कर समुहले बालुवाभित्र काठ तस्करी गरिरहेको टेक्टर शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

आइतबार भीमदत्त नगरपालिका ९ ब्रम्हदेब क्षेत्रबाट काठ तस्कर समुहले बालुवाभित्र दुई थान गोलिया तस्करी गर्ने क्रममा सशस्त्र प्रहरी बरामद गरेको हो ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले से१त ३२९९नम्बरको टेक्टरमा बालुवाभित्र लुकाएर राखेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर बनमा बुझाएको बताए । उक्त काठ कसको हो भन्ने बारेमा अनुसन्धान भईरहेको वनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित