श्रीमानको कुटाइबाट बच्न वडा सदस्यको शरणमा जादा वडा सदस्यबाटै बलत्कार भएको आरोपमा एक जना पक्राउ

2k
VIEWS

बेलडाँडी । श्रीमानको कुटाइबाट बच्न वडा सदस्यको शरणमा जादा वडा सदस्यबाटै बलत्कार भएको आरोपमा कञ्चनपुरमा एक जना पक्राउ परेका छन् । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा बेलडाँडी ३ का ५९ बर्षीय वडासदस्य पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका वडा नं.३ का वडा सदस्य पिल्चे बहादुर चौधरी रहेको प्रहरीले जनाएको छ । ‘आफुलाई जबरजस्ती करणी गरेको भन्ने पीडित महिलाले दिएको जाहेरीमा उल्लेख छ,’ परिवारले दिएको जानकारी अनुसार उनलाई हिजो रातीनै पक्राउ गरि अनुसन्धान थालिएको छ ।

 

‘श्रीमानले रक्सी खाएर कुटपिट गर्न थालेपछि राती वडा सदस्यको शरणमा पुगेकी ति महिलालाई सुरक्षा दिनुको साटो उल्टै आफ्नै घरमा वडा सदस्यले बलात्कार गरेको आरोप लागेको छ । महिलाले प्रहरीमा दिएको जाहेरी अनुसार श्रीमानले रक्सी खाएर आफुलाई दुःख दिने श्रीमानले दुःख दिएपछि आफुलाई भन्नु भनेर वडा सदस्यले आफ्नो मोवाइल नं. दिएको र राती रक्सी खाएर आएका आफ्ना श्रीमानले कुटपिट गर्न थालेपछि वडा सस्दयको शरणमा जादा उल्टै आफुलाई नै ति सदस्यले बलात्कार गरेको प्रहरीमा बयान दिएकी छिन् ।

सदस्य चौधरीलाई इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिको टोलीले हिजो नै उनकै घरबाट पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको र चौधरीविरुद्ध जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता भई ५ दिनका लागि म्याद थप समेत भईसकेको इलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण बहादुर कुवरले जानकारी दिए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार