कञ्चनपुर/फागुन । टिभिएस कम्पनीले नयाँ ब्राडका मोटरसाईकल कञ्चनपुर महेन्द्रनगर बजारमा ल्याएको छ ।
महेन्द्रनगरका लागि टिभिएसको आधिकारिक बिक्रेता महामाया ट्रेड एण्ड सप्लायर्सले टिभिएस कम्पनीको दुईवटा नयाँ मोटरसाइकल बजारमा ल्याएको हो ।
सोमबार एक कार्यक्रमका विच नयाँ ब्राण्डका मोटरसाईकल सार्वजनिक गरिएको छ ।
टिभिएस मोटर्स नेपालको एकमात्र बिक्रेता जगदम्बा मोटर्सले टिभिएस रोनिन र टिभिएस आपाचे आरटिआर १६० फोरभीएफआईको काठमाडौंमा सार्वजनिक गरेपछि महेन्द्रनगरमा पनि सार्वजनिक गरिएको हो ।
उद्योग वाणिज्य संघ कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल, महासचिव खगेश्वर बोहरा, सदस्य तेज बहादुर चन्द, महामाया ट्रेड एण्ड सप्लायर्स सञ्चालक विनोद भट्टले संयुक्तरुपमा दुई मोटरसाइकलको सार्वजनिक गरेका छन ।
उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ, एसिमेट्रिक स्पिडोमिटर र टी–फेस एलइडी हेडल्याम्पका साथ तयार गरिएको टिभिएस रोनिनमा नेपाली राइडरहरुलाई लक्षित गरेर असाधारण सुविधा समेटिएको महामाया ट्रेड एण्ड सप्लायर्सका सञ्चालक भट्टले बताए ।
उनका अनुसार टिभिएस रोनिनमा २२५ सिसीमा चारवटा भल्भ, एकल सिलिन्डर इन्जिन रहेको छ । जसले २०.४ पिएस ७७५० आरपिएमसम्मको अधिकतम पावर र १९।९ एनएम ३७५० आरपिएम पिक पावर प्रदान गर्छ । डुअल च्यानल एबिएसको साथ यसको डिस्क ब्रेकहरुले राइडरहरुलाई सुरक्षित र स्थिर स्टप सुनिश्चित गर्दछ ।
आपाचे आरटिआर १६० भी फोर एफ आईको विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलोपटक विभिन्न थप फिचरसमेत उपलब्ध गराएको उनले बताए ।
सर्वाधिक शक्तिशाली ईन्धन इन्जेक्टेड १५९.७ सिसी इन्जिनका साथमा श्रेणीकै पहिलो राइड मोड्स, टिभीएस स्मार्ट कनेक्ट र ग्लाइड थ्रो प्रविधिलगायत विशेषता सुसज्जित स्पोट्र्स मोटरसाइकल टिभीएस आपाचे आरटिआर १६० अद्वितीय डिजाइनमा तयार पारिएको उनको भनाइ छ ।
नेपाली बजारमा सार्वजनिक यी दुबै बाइक हरेक मौसम र बाटोको अवस्थालाई विशेष ध्यानमा राखेर ‘राइड मोड्स’का साथै ‘रेस इनेबल्ड कनेक्टिभिटी’का लागि ‘टीभीएस स्मार्ट कनेक्ट’को सुविधा समेत उपलब्ध छ ।
कार्यक्रमको अवसर पारेर उक्त मोटरसाइकल खरिदकर्तालाई पनि आकर्षक उपहार प्रदान गरिनुका साथै टिभिएसको चाबी हस्तान्तरण गरिएको थियो । यसरी टिभिएस कम्पनीले ग्राहकको माग अनुरुप नयाँ नयाँ ब्राण्डका मोटरसाईकल भित्र्राईरहेको छ ।
Discussion about this post