बैद्य निकट युवा संगठनले भीमदत्त नगरपालिकाका प्रमुख, उप प्रमुखको अहिले सम्मको यातायात खर्चको विवरण माग्यो

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख र उप प्रमुखले निर्वाचित भएयताको यातायात खर्चको बैद्य निकट क्रान्तिकारी युवा संगठन नेपालले विवरण मागेका छन् ।

 

पालिकालाई सूचनाको हक अन्र्तगत रहेर सूचना माग गरेको क्रान्तिकारी युवा संगठन कञ्चनपुरका संयोजक भुवन भट्टले जानकारी गराउनु भयो । उहाँका अनुसार पछिल्लो समयमा पालिकाहरुमा भइरहेको भ्रष्टाचार अन्त्यका लागि विभिन्न जनमुखी कार्यक्रम गर्दै आएको बताए ।

यस्तै केहि दिन पहिला बेलडाँडी गाउँपालिका उप प्रमुख शान्ति नाथले गरेको फर्जी कागजात प्रकरणमा समेत युवाहरुले चासो दिदै छानविन र दोषीलाई कार्वाहीको माग गर्दै अख्तियारमा उजुरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित