बेलडाँडी,
बेलडाँडी गाँउपालिका वडा नं.५ मा रहेको गणेश माध्यमिक विद्यालय भुर्षा, मोहनपुरमा राहत शिक्षक भर्नाका लागि कोही पनि योग्य उम्मेदवार भेटिएका छैनन् । शुक्रवार विद्यालयले विषयगत परिक्षाको नतिजा प्रकाशितमा कुनै पनि परीक्षार्थी उत्तीर्ण नभएको सूचना जारी गर्दै नतिजा प्रकाशित गरेको हो ।
प्राथमिक तहको राहत शिक्षक भर्नामा शुक्रबार भएको विषयगत परीक्षामा कोहि पास नभएपछि नतिजा यस्तो आएको हो । विद्यालयका प्र.अ. जनक बहादुर थापाद्धारा सुचना जारी गर्दै विषयगत परिक्षामा कोहि पनि सफल हुन नसकेको जनाइएको छ ।
पहिलो वस्तुगत परिक्षामा एकजा मात्र लालझाडी ५ की देवकी कुमारी जोशी पास भएका थिए । वस्तुगत परीक्षामा धाधली भएको भन्दै परीक्षार्थीले पुनः परीक्षा गरिनु पर्ने माग राख्दै व्यवस्थापन समितिका अध्यक्ष नन्दकिशोर एसकेलाई पुनः परीक्षाको मागगर्दै निवेदन समेत दिएका थिए । पहिलो बस्तुगत परीक्षामा एक जनामात्र उम्मेदवार उर्तिण भएपछि अन्य सहभागीहरुले सेटिङ्ग गरेको भन्दै बिरोध जनाएर थिए ।
समितिले परीक्षामा भने जस्तो धाधली नभएको बताउदै आज विषयगत परीक्षा गराएको थियो । विद्यालयले शिक्षक छनौटका लागि कृष्ण बहादुर कुँवर र दुर्गा देउवालाई विज्ञका रुपमा राखेको थियो ।
महेन्द्रनगरको शिक्षक तालिम केन्द्रको सभा कक्षमा कुल ८ जना मात्रै परीक्षार्थी उपस्थिति भएका थिए भने १२ जनाले आवेदन दिएका थिए । कुनै पनि परीक्षार्थी उत्तीर्ण नभएपछि विद्यालयले अर्को बैठक बसेर प्रकृयाका बारेमा छलफल गरिने जनाए को ।
Discussion about this post