कञ्चनपुर, फागुन १६ । कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटा क्षेत्रमा रहेको एक धार्मिक ऐतिहासिक धाम बनाउनका लागि युवा खटिएका छन । स्थानीय समाजसेवी युवा नेता मिलन सिह बागफाँटामा रहेको सिद्धबैजनाथ त्रिबेणी धाम शिवालय बनाउन खटिएका हुन ।
चौधर नदीको तटिय क्षेत्रमा रहेको ऐतिहासिक धार्मिक एव साँस्कृति, पर्यटकीय महत्व बोकेको उक्त धाम बनाउनका लागि युवा नेता सिह खटिका हुन । सिद्धबैजनाथ त्रिबेणी धाम शिवालयका अध्यक्ष समेत रहेका सिहले उक्त धामलाई सुदूरपश्चिम प्रदेशकै नमुना तिर्थस्थल बनाउनका लागि अहोरात्र खटिएका छन । विगत एक बर्षदेखि उक्त धामको विकासका लागि पहल भईरहेको छ ।
चुरे महाभारत पर्वत भएर बग्ने बेदकोट, रौटेला, झिलमिला सहितका विभिन्न चुरे धार्मिक स्थलबाट बगेर आउने जल उक्त त्रिबेणी धाममा पुग्ने गरेको छ ।
सिद्धबैजनाथ त्रिबेणी धाम शिवालयका अध्यक्ष सिहले ओझेलमा पर्दै आएको उक्त धामको बृद्धि विकासका लागि खटिएको बताए । उनका अनसार तीन नदीको समागम स्थल अर्थात मिलन केन्द्र बिन्दुमा रहेको उक्त धामको धार्मिक, प्राकृतिक, पर्यटकीय, साँस्कृतिक एव ऐतिहासिक महत्वलाई उजागर गराउनका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने कार्यक्रम संचालन गरिएका छन ।
त्रिबेणी धामीको दक्षिण तर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विवित प्राकृतिक सौन्र्दय रहेको उक्त धार्मिक स्थलको विकासका लागि घरदैलोका साथै तीनै तहका सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष सिहले बताए ।
अध्यक्ष सिहका अनुसार स्थानीय सरकार, प्रदेश सहित संघीय सरकारका सम्बन्धीत मन्त्रालय, मन्त्री, विभाग, कार्यालयलाई ज्ञापन पत्र बुझाउनेदेखि उक्त त्रिबेणी धामको बृद्धि विकासका लागि योजना ल्याउन प्रस्ताव पेश गरिएको छ ।
प्रदेशकै उक्त त्रिबेणी धामलाई ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्य तिर्थाटन बनाउन स्थानीय स्तरबाट लागि परेको र त्यसमा तीनै तहका सरकारले भूमिका खेल्नुपर्ने बताए ।
Discussion about this post