बेदकोट । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं.५ पोल्खरीमा महाशिवरात्री पुजा रुद्राअभिषेख तथा संगितमय अखण्ड भजन कार्यक्रम विहिवार देखि शुरु भएको छ । महाशिवरात्रीको अवसर पारेर पोल्खरीको शिव मन्दिर धार्मिक क्षेत्र संरक्षण समितिको आयोजनामा २ दिन कार्यक्रम संचालन गरिएको मन्दिर समितिले जनाएको छ ।
बेदकोटको पोल्खरीमा २०२४, २५ साल देखि मन्दिर स्थापना गरिएको ठाउँमा बर र पिपलको रुख थिए त्यहाँ हामीले पहिला देखिनै धुपबत्ती गर्ने थियौं र पछि गौरा सेलाउने गथ्यौं त्यसपछि आएर प्राचिन समयका यहाँ भग्नावषेक भेटिएकाले २०६२ मा यहाँ मन्दिर बनाउन थालेको स्थानीय देव सिंह खडायतले जानकारी गराउनु भयो । उहाँका अनुसार यो बर्ष देखि पहिलो पटक विभिन्न कार्यक्रम गरेर यहाँ नियमिति यस्ता धार्मिक कार्यक्रम गर्न लागेको वताउनु भयो ।
शिव मन्दिर धार्मिक क्षेत्र संरक्षण समितिकाका अध्यक्ष डम्वर प्रसाद पन्त अनुसार धर्म संस्कृति संरक्षणको कर्ममा यो सुन्दर डाडा क्षेत्रमा कार्यक्रम गर्न लागिएको बताए । उहाँका अनुसार यो डाडामा भगवानको अलौकिक शक्ति रहेको बताउदै भोलेनाथको मन्दिर स्थापनाको लागि सबै पक्षबाट सहयोग संकलन गरिएको जनाउदै विभिन्न निकायले यहाँ सहयोग गरेको जनाए । प्राकृतिक सौन्र्दया भएकोले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनु पर्नेमा समिति लागेको बताए । अहिले यहाँ २ दिने अखण्ड भजन रुदअभिषेक गर्ने र १०८ मन्त्र गरिने जनाउनु भयो ।
यस्तै अर्का स्थानीय खेमराज अवस्थीका अनुसार अखण्ड भजनमा सबैपक्षबाट सहयोग हुनुपर्ने बताउदै शिवको लिलाको बिषयमा बर्णन गरेका थिए । यस्तै वडा नं. ५ का अध्यक्ष चित्रदेव भट्टका अनुसार प्रशिद्ध शिव मन्दिरमा भक्तालुहरु देखाएको आस्था अनुसार धार्मिक आस्था सकिएको छैन भन्ने पुष्टि भएको बताए । अहिलेको समयमा समेत यति आस्था देखिनु अत्यन्तै राम्रो भएको बताउनु भयो ।
Discussion about this post