सुदूरमा अपराधिक घटना बढ्दै

कञ्चनपुर, २८ फागुन। पछिल्ला बर्षहरुमा सुदूरपश्चिम प्रदेशमा अपराधिक घटनाहरु बढिरहेका छन । तराईका दुई र सात पहाडी जिल्ला भएको सुदूरमा अपराधिक घटनाहरु बढिरहेका हुन । विभिन्न तथ्याङ्कहरुबाट समेत सुप प्रदेशमा चालु आर्थिक वर्ष ०८०/०८१ को सात महिनाको अवधिमा सुदूरपश्चिममा अपराधका दुई हजार घटना प्रहरीमा दर्ता भएका छन ।

उक्त अवधिसम्म विभिन्न प्रकृतिका दुई हजारभन्दा बढी अपराधका घटना प्रहरीमा दर्ता भएको अभिलेख छ। प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सबैभन्दा बढी सामाजिक अपराधका घटना घटेका छन ।

त्यस्तै, संगठित तथा आर्थिक अपराधका घटनाको संख्या पौने चार सय पुगेको छ। साथै देहत्यागत तथा ज्यानसम्बन्धी अपराधका घटना तीन सयभन्दा बढी दर्ता भएका छन । प्रदेशका नौवटै जिल्लामा गरी विभिन्न प्रकृतिका दुई हजार १७ घटना घटेका छन्।

सामाजिक अपराधका ४ सय ४०, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका २५२, भेदभाव तथा अपमानजन्य व्यवहार सम्बन्धी १६५, आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी ८ तथा सार्वजनिक शान्ति विरुद्ध, नागरिकता र कुटपिट तथा अङ्गभङ्ग सम्बन्धी समान ५र५ कसुर प्रहरीमा दर्ता छन ।

प्रहरीमा सबैभन्दा बढी ३०५ उजुरी लागुऔषध मुद्दाको रहेको छ भने हातहतियार खरखजाना सम्बन्धी ११ तथा अपहरण वा शरीर बन्धक सम्बन्धी १ कसुरमा दर्ता भएको छ। सो अवधिसम्म देहत्यागतका ३२४ घटना दर्ता भएका छन् भने ज्यान सम्बन्धी कसुरका तीन सय घटना घटेको तथ्याङ्क छ ।

भवितव्य ज्यानका १३२, फुटकर ज्यानका ८५, ज्यान मार्ने उद्योग ४१, कर्तव्य ज्यान कसुरका २४, आत्महत्या गर्न दुरुत्साहन गरेको १५ तथा गर्भ संरक्षण विरुद्धको कसुरमा ३ घटना घटेको प्रहरीको तथ्याङ्कले देखाएको छ। महिला तथा बालबालिका सम्बन्धी १८६ घटना प्रहरीम दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। जसमध्ये सबैभन्दा बढी जबरजस्ती करणीका एक सय र जबरजस्ती करणी उद्योगका ३२ वटा घटना घटेका छन ।

बहुविवाह ३७, बालविवाह, मानव बेचबिखन तथा ओसारपसार र यौन दुराचारका समान ५र५ घटना घटेका छन् भने बाल यौन दुराचारका २ घटना प्रहरीमा दर्ता भएका छन्। प्रहरीले विविध अपराध शिर्षकमा १७४ घटना घटेको जनाएको छ। जसमा बैङ्किङ कसुरका सबभन्दा बढी १४३ घटना प्रहरीमा दर्ता भएका छन ।

सवारी सम्बन्धी १०९, सवारी ज्यान ६६, सवारीबाट भवितव्य ३४ र सवारी अङ्गभङ्गका ७ वटा घटना घटेको पाइएको छ। यसका साथै चोरी सम्बन्धी ९९, साधारण चोरी ७५, नकबजनी चोरी १० तथा डाका चोरी र सवारी चोरी समान ७/७ घटना प्रहरीमा दर्ता भएका छन्।

यस्ता अपराध सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरमा घटेको पाइएको छ। यसरी सुप प्रदेशमा अपराधिक घटना बढिरहेका बेला नागरिक स्तरबाट भने चिन्ता व्यक्त गरिएको छ । सरकारले अपराधिक घटना न्यूनिकरणका लागि प्रयास भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित