कञ्चनपुर, चैत्र ५ । प्रहरीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका पारीफाँटाबाट एक बृद्धलाई लागु औषध सहित पक्राउ गरेको छ ।
आइतबार ईप्रका झलारीले शुक्लाफाँटा नगरपालिका ८पारीफाँटाका ७२बर्षिया हर्क बहादुर बोहरा पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले बोहरालाई घरबाटै पक्राउ गरिएको बताए । प्रवक्ता डाँगीका अनुसार बोहराको साथबाट लागु औषध सहित अवैध मदिरा समेत बरामद गरिएको छ । १६१ ग्राम चरेश सहित, विभिन्न ब्राण्डका मदिरा बरामद समेत गरेको छ ।
बोहराको पसलबाट लागु औषध सहित अवैध मदिरा बराबर गरेको विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।
Discussion about this post