शुक्लाफाँटा पर्यटन महोत्सव शुरु पहिलो दिन रानी ताल सरसफाई

कल्पना साउद/कञ्चनपुर, चैत्र ६ । आन्तरिक पर्यापर्यटनका लागि कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ । निकुञ्जमा आन्तरिक पर्यटन प्रर्बद्धनका लागि मंगलबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव भएको हो ।

 

भीमदत्त नगरपालिका नगर पर्यटन विकास समितिले यस बर्ष पनि सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरेकोछ । भीमदत्तनगर पर्यटन विकास समिति उपाध्यक्ष राजेन्द्र केसीले विगत बर्षको निरन्तरता गर्दै यस बर्षपनि महोत्सव शुरु भएको बताए ।

उनका अनुसार पहिलो दिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभिध रहेको रानी ताल सरसफाई गरेर पर्यटन महोत्सव शुरुवात गरिएको छ । दोस्रो दिन बुधबार पश्चिम सीमा नाका गड्डाचौकीमा पर्यटनको स्वागत, चरा अवलोकन, जंगलमा पैदल यात्रा, तेस्रो दिन मैत्रिपुर्ण फुटबल संचालन हुने छ ।

पहिलो दिन पुरिदै गएको निकुञ्जभित्रको रानी तालमा सरसफाई गरिएको छ । जेसिभीदेखि सरोकारवालाहरुले सरसफाई गरेका हुन । बन्यजन्तुको खानेपानीका लागि रानी ताल सरसफाई गरेको हो ।

महोत्सव उद्घाटन कार्यक्रममा सरोकारवालाले शुक्लाफाँटा निकुञ्जलाई पर्यटकीय हब बनाउनुपर्नेमा जोडदिएका छन । महोत्सव उद्घाटन कार्यक्रममा भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले आन्तरिक पर्यटन प्रर्बद्धनका लागि महोत्सव आयोजना गरिएको बताए ।

पर्यटन महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले आर्थिक सम्बृद्धिका लागि शुक्लाफाँटा निकुञ्जमा पर्यटन भित्र्राउनुपर्नेमा जोडदिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिसस प्रमुख बोहराले कञ्चनपुरको शुक्लाफाँटा प्रचुर सम्भावना बोकेको गन्तव्य भएकाले सरोकारवालाले पर्यटन प्रर्बद्धनका कार्यक्रम संचालन गर्नुपर्ने बताए ।

भीमदत्त नगरका मेयर पदम बोगटीले नगरपालिकाले पर्यटन बृद्धि विकासका लागि महोत्सवलाई निरन्तरता दिदै आगामी बर्षहरुमा थप पुरस्कृत बनाउने बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख प्रमोद भट्टराईले जैविक विविधताले भरिभराउ निकुञ्जमा जंगल सफारीदेखिका थुप्रै सम्भावना भएकाले सरोकारवाला पर्यटन प्रर्बद्धनका लागि अग्रसरमा जोडदिए । उनका अनुसार यसविचमा सुप प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा प्रवेस शुल्कमा ५० प्रतिशत छुट गरिनेछ ।

भीमदत्त नगरका प्रवक्ता पदम बोगटीले महोत्सवलाई आगामीदिनमा थप पुरस्कृत बनाउँदै जाने बताए ।
कञ्चनपुरका पर्यटन व्यवसायी प्रमानन्द भण्डारीले कञ्चनपुरलाई बा्रहसिङ्गकै शहरको रुपमा विकसित गराउनुपर्नेमा जोडदिए । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्सी नाटा सुप प्रदेशका अध्यक्ष पदम विक्रम सिहले पर्यटन प्रर्बद्धनका लागि निजी क्षेत्रलाई समेत साथमै लिएर अघि बढ्नुपर्ने बताए ।

भीमदत्त नगरपालिका नगर पर्यटन विकास समितिका सदस्य सचिव मनोज प्रशाद भट्टले कञ्चनपुरकै पर्यटन प्रर्बद्धनका लागि मेला संचालन गर्न लागेको बताए । उनका अनुसार तीनदिनसम्म संचालन हुने महोत्सवमा भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्याप्रर्यटनका लागि महोत्सव गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित