सुदुरपश्चिममा होली पर्व सुरु, कञ्चनपुरमा समेत होलीको रौनक वढ्यो

डिल्लीराज पन्त/कञ्चनपुर, चैत्र ११ । सुदूरपश्चिमका पहाडी जिल्ला सहित तराईमा पर्ने कञ्चनपुर, कैलाली मा मंगलवार देखि धुमधाम संग रंगहरुको पर्व होली मनाईदै छ ।

पहाड र तराईमा गरी दुई दिन मात्रै होली मनाउने गरिए पनि सुदूरपश्चिममा भने ४ दिन सम्म होली मनाईने गरीन्छ । फागुन शुक्ल एकादशीका दिनबाट सुरु भएर फागु पूर्णिमाको दिन सम्म होली पर्व मनाउने गरिन्छ ।

रंगहरुको महान पर्व होली सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा हर्षौल्लास का साथ सुरु भएको छ ,।सामन्यतया २ दिन मात्रै मनाईने रंगहरुको पर्व होली कैलाली र कञ्चननपुर लगायत सुदुरपश्चिमका पहाडि समुदायमा भने ४ दिन सम्म भव्यताका होली पर्व मनाउन शुक्रवार देखिनै सुरु भएको हो ।

पछिल्लो समय विभिन्न महिला समुह, संघ सस्था तथा युवा कमिटिहरु ले समेत आ–आफ्नै समुह वनाई गाउ गाउ र टोलहरुमा गई होली पर्व मनाउने भएकाले होली पर्वको कञ्चनपुरमा झनै रौनक बढेको छ ।

विगतमा सुदूरपश्चिमको पहाडि जिल्लाहरुमा धुमधाम संग मनाईने होली पर्व पछिल्लो समय पहाडि समुदाय तराईका कैलाली र कञ्चनपुरमा वसाई सराई गरे संगै तराईका जिल्लामा समेत समुह वनाई होली खेल्न थालिएको छ ।

परम्परागत रूपमा फागुन शुक्ल अष्टमीका दिनबाट हलहली अर्थात चिर (लिङ्गो) गाड्ने गरिन्छ भने एकादशीका दिन त्यसमा रंग (अविर) चढाएपछि मात्रै होली खेल्न सुरु गरिन्छ । होली खेल्दा पुरुषहरू सेतो कपडामा सजिएर सामुहिक रूमा रङ खेल्दै गोलवद्ध भई विभिन्न देवि देवताका गाथा खाएर खेल्ने चलन रहदै आएको छ ।

क्ैलाली र कञ्चनपुरमा मात्रै वस्ने राना समुदायमा यो पर्व सवै भन्दा ठुलो पर्वको रुपमा लिईन्छ भने राना समुदायमा परम्परागत भेष भुषामा सजिएर होलि खेल्ने गर्दछन ।
खुसीयाली र रंगहरुसंगै उमंग मनाउन खेलीने होली पर्वमा महाभारत, रामायण लगायत धार्मिक ग्रन्थमा आधारित कथाहरू तथा विभिन्न देवी देवताका गाथा गाउदै होली मनाउने गरेको संस्कृति संरक्षक देवी भारती बताउनुहुन्छ ।

बाईट १ देवी भारती(संस्कृति संरक्षक, कञ्चनपुर)
होली पर्वको सबैभन्दा ठूलो दिन फागु पूर्णिमामा रुपालीहरू एकअर्काको घरमा गएर होलीको टीका लगाउदै आशिर्वाद आदानप्रदान गर्ने गर्दछन् । साथै अष्टमीका दिन गाडिएको चिरलाई फागु पूर्णिमाको राति जलाएर प्रसादस्वरूप त्यसको खरानीको टीका लगाउने प्रचलन छ ।

भगवान श्रीकृष्णको पाला देखीनै होलीकालाई अग्नी देवताले दहन गरी नास गरेको खुसियालीमा विजयउत्सव स्वरुप होली मनाईने किवदन्ती रहेको छ ।

होलीलाई विजय उत्सवका रूपमा मनाउने गरिएको भए पनी पछिल्ला केहि वर्ष यता भने पश्चिमी रितिरिवाज भित्रिदै गएका र जथाभावि लोला हाल्ने मदिरा सेवन गर्ने तथा ईच्छा विपरित रंग दल्ने प्रचलन ले होलि पर्वको मौलिकता हराउदै गएको भन्दै स्थानिय ले भने चिन्ता व्यक्त गरेका छन ।

रंगहरुको पर्व भनेर पनी चिनिने योपर्वमा रंग लगाउदा टिकाको रुपमा सामान्य रुपमा लगाउनु पर्ने रंग किन्दा समेत रसायन तथा मिसावट नगरिएको रंगको प्रयोग गर्नु पर्ने चिकित्सक गोविन्द रोकाया वताउछन । उहाका अनुसार रंग वढि प्रयोग गर्दा छालाको रोग हुने र छाला फट्ने , छालामा हुने चिल्लो पना हटेर जाने भएकाले स्वास्थ्यमा असर गर्ने गर्दछ ।
होलीको दिन ठूलाबाट सानाले आर्शिवाद लिने चलन छ भने घरका सम्पूर्ण परिवार मिलेर होलीलाई विशेष बनाउने गरिन्छ । घरको सबै काम सकेर महिलाहरू पनि होलीमा सहभागी हुने गर्दछ् भने एक आपसमा गीत गाएर रमाइलो गर्ने चलन छ ।

होली पर्व जस्तै मौलिकता बोकेका पर्वहरुले धर्म–संस्कृति र रितिरिवाजको रक्षा तथा समाजिक सहिष्णुता कायम राख्ने भएकाले यस्ताखाले चाडपर्वलाई जगेर्ना गर्न र विविधताको पहिचान जोगाई राख्न पर्वको नाममा हुने अराजकता र उच्छृखंल गतिविधिलाई रोक्न सरोकारवाला निकायले ध्यान दिनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित