लाल ब. एसके/कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र पुर्नवास नगरका विपन्न विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरिएको छ । पुर्नवास २ अरनिको ग्रामिण बस्तीमा रहेको अरनिको आधारभूत विद्यालयका अध्ययनरत विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरिएको हो ।
पुर्नवास नगरपालिका ४ का स्थानीय समाजसेवी बसन्त न्यौपानेले उक्त ग्रामिण भेगमा रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेका छन ।
मंगलबार एक कार्यक्रमका विच समाजसेवी न्यौपानेले विपन्न समुदायका विद्यार्थीलाई झोला कापी, कलम, सेनपेन सहितका खेलकुद समाग्री वितरण गरेका हुन ।
पौडेलले बिभी नेपालमा आफु जोडिएकाले उतैबाट विद्यार्थीका लागि समाजिक सेवा गर्नका लागि आफु मार्फत शैक्षिक समाग्री वितरण गरिएको बताए ।
समाजिक सेवा गर्ने उदेश्यका साथ दलित, गरिब, आदिवासी जनजाती सहितका समुदायका विद्यार्थीको अध्ययनमा टेवा पु¥याउने उदेश्यले शैक्षिक समाग्री वितरण गरिएको उनले बताए ।
अरनिको आधारभूत विद्यालयका प्रद्यानाध्यापक सरुमाया तामाङ्गलाई खेलकुद समाग्री समेत हस्तान्तरण गरिएको छ ।
निःशुल्क शैक्षिक समाग्री पाएपछि विद्यार्थी हर्षित भएका छन । यस अघि पनि उक्त संस्थासंग जोडिएका व्यक्तित्वहरु मार्फत धनगढी, अत्तरियाको दृष्ट्रिफाउण्डेशन, मानव आश्रमदेखि कञ्चनपुरका सामुदायिक विद्यालयमा सहयोग गरिएको छ ।
पौडेल सहितका बिभी नेपालमा जोडिनेहरुले आगामी दिनमा समेत समाजिक क्षेत्रमा सहयोगका कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।




















Discussion about this post