बेलडाँडी सरकार आर्थिक अनियमितताको बृक्षारोपण गर्दै, बन्द भएको माइन्युटमा भुक्तानी रहेको रकम खुलाउन बाँकी

बेलडाँडी,
स्थानीय चुनाव भएको ४ महिना नवित्दै स्थानीय सरकार आर्थिक अनियमितताको बृक्षारोपण गर्न लागेको कार्यपालिकाको निर्णयमा स्पष्ट छ ।

गत भदौं २४ गते बसेको कार्यपालिका बैठकले आर्थिक अनियमितता हुने कार्य गरेको छ । उक्त बैठकको प्रस्ताव नं.१० हेर्दा बन्द गरिएको माइन्युटमा कति रकम तिर्ने खुलाउन बाकी छोडिएको छ । रकम खुलाउन बाकी किन राखिएको होला भन्नेमा सबैलाई संका लागेकोछ । गाउँपालिकाले कुनै पनि खरिद कार्यगर्दा खरिद गर्ने कार्यविधि छ उक्त कार्यविधिलाई समेत लत्याएर कार्यपालिकाले आफु खुसी समान किन्ने गरेको छ यो कुन नियत हो ?

रकम दिने निर्णय गर्ने तर कति रकम हो भन्ने नखुलाउनुको कारण भने सजिलै अनुमान गर्न सकिन्छ पनि आफुखुसी या विक्रेताको मिलेमतोमा विल बढाएर राख्ने नियत देखिएको छ । बेलडाँडी प्रमुख हरिचन्द्र राना शिक्षक पेसाबाट आएका हुन । उनले समेत यस्तो कुनै चासो दिएका छैनन् । बन्द भएको माइन्युटम कुनै कुरा पनि थपघट गर्न मिल्दैन तर बेलडाँडी कार्यपालिकामा जे गर्न पनि मिल्छ । असाढ मसान्तमा सबै पुरानो लेनदेन सिकिन्छ तर यहाँ पुरानो तिर्नुपर्ने भन्दै बक्यौता रकम राखिन्छ । मटो भरान, कल्बट, कबर्ड हल, फर्निचर इत्यादी भनेर लाखौं रकम हिनामिना गर्न खोजिएको छ ।

यस्तै साउन यताका कार्यपालिका बैठकमा यस्तै निर्णय छन् । कुनै आर्थिकका दिने निर्णय दुईदुई ठाउँमा निर्णय गरेको छन् । यस विषयमा गाउँपालिका अध्यक्ष ज्यूलाई बुझ्न खोज्दा ४८ सेकेन्ड पछि कुरा सुन्दै गर्दा फोन काटिदिनु भएको छ । दोस्रो पटक फोन गर्दा फोनै लागेको छैन् ।
बेलडाँडी गाउँकार्यापालिकाको भदौ २४ गतेका निर्णयहरु
प्रस्ताव नं. १० हेर्दा
१० मा निर्णय गर्दा निर्माण कार्य सम्पन्न र भुक्तानी दिन बाकी देहायका योजना तथा कार्यक्रम नियमानुसार रकम भुक्तानी दिने निर्णय सर्वसम्मतबाट पारित गरिएको छ ।
१ ओझाको खेतदेखि कुल्लाहा नालासम्मको माटो भरान ४ लाख १२ हजार ७ सय ११ ।
२ नरेन्द्र साउदको घर देखि खैरीघाट नहर सम्म माटो भरान ५ लाख ९५ हजार ५ सय ८४ ।
३ अधुरो कबर्ड हल निर्माण रु ११ लाख ।
४ छाडाचौपाया व्यवस्थापन १४ लाख ४ सय
५ अन्य कार्यालय संचालन खर्च ३ लाख ७२ हजार ७ सय ९२ ।
६ उग्रतारा ट्रेडस सप्लायर्सको मेसीनरी उपकरण खरीदको रकम ………।
७ गाउँ कार्यापालिकाको कार्यालयमा लगाएको रंग रोगन, पर्दा पाइप तथा मिस्त्री खर्च वाफत रकम ….
८ दर्ता चलानी फाटमा आल्मोनियम वाफत रकम…….
९ युपिभिसी ढोका मर्मत तथा सिसा फिडिङ वाफत रकम………
१० मेसिनरी तथा उपकरण ४ लाख ७ हजार४ सय ३४ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित