बेलडाँडी गाउँपालिकाद्धारा बजार अनुगमन, अखाद्य बस्तु नष्ट

993
VIEWS

बेलडाँडी,
बेलडाँडी गाउँपालिकाले आफ्नो स्थानीय वजार अनुगमन गरेको छ । केहिदिन पहिला हामीले बजारमा अखाद्य बस्तु भारतको नाकाबाट भित्रिने गरेको भन्ने समाचार प्रकाशित गरेकाले गाउँपालिकाले आज स्थानीय वजार अनुगमन गर्नुका साथै अखाद्य बस्तु नष्ट समेत गरेको छ ।

बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ती नाथको संयोजकत्वमा गठन भएको बजार अनुगमन समितिले बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी वजारमा खाद्यन्य बस्तुको अनुगमन गरेको छ । अनुगमनका क्रममा बजारमा गुणस्तरहिन बस्तु कहि कतै भेटिएको भेटिएको ठाउँमा नष्ट गरिएको संयोजक नाथले बताइन । उनले भने “हामीले पहिलो पटक आज अनुगमन गरेका छौं, अनुगमनको क्रममा विभिन्न व्यापारीहरुले स्थानीय सरकारमा समेत व्यापार दर्ता नगरेर सञ्चालनमा आएका भेटिए, गुणस्तरहीन खाद्यहरु भेटिए यस्तै भारतबाट अवैध तरिकाले ल्याएका माछाहरु गन्ध आएको अवस्थामा भेटिएकाले तुरुन्त नष्ट गर्न लगाएको बताउदै पहिलो चरणमा चेतावनी दिदै हिडेको बताए ।”

उनले भनि अवका दिनमा कतिबेला पनि अनुगमन गर्न सकिने भन्दै गतल कसैलाई नर्गन आग्रह गरे । हामीले पहिलो दनि खाद्य बस्तु अनुगमनमा जोड दिएको छौं अर्कोपटक सबैमा अनुगमन गरिने बताए । बेलडाँडीका जनताको सू–स्वास्थ्यलाई ध्यान दिदै अनुगमन गरेका छौं । कसै व्यापारी साथीहरुले नियम अनुसार व्यापार गरेको आगामी दिनमा नभेटिए त्यस्तालाई कडाकार्वाही समेत गरिने वहाँले जनाउनु भयो ।

चवन्नी वजारका ब्यापारी टिका खडकाका अनुसार पालिकाले गरेको यो अनुगमन स्वागत योग्य भएको बताए । यस्ता अनुगमनले सबै ब्यापारी सचेत हुने र उपभोक्ताले गुणस्तर समान पाउने बताए ।

बेलडाँडीको चवन्नी बजारमा कालिका शुद्ध बंगुर पसलको छेउमा अवैध माछा पसलले भारतबाट ओसारेको अवैध सडको माछा फ्रिजमा सडेको अवस्थामा भण्डारण गरेर राखेको अवस्थामा फेला पारेर नष्ट गरेको समितिले जनाएको छ ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार