कैलाली । सम्मेलनले नेपाल प्रधानाध्यापक संघ सुदुर पश्चिम प्रदेश अध्यक्षमा लक्ष्मण दत्त भट्टलाई निर्वाचित गर्नुका साथै उपाध्यक्षमा जितेन्द्र पौडेल , महासचिव विष्णु सिं भण्डारी ,सचिव विष्णु दत्त भट्ट, सदस्य सचिव पदम बहादुर शाह ,कोषाध्यक्ष विमाला वोकटी , उप–कोषाध्यक्ष केशव राज ओझा सम्मेलनबाट सर्वसम्मत निर्वाचित हुनु भएको हो ।
सम्मेलनले सदस्यमा जगदीश प्रसाद चटाैट ( डडेलधुरा), पदम राज जोशी (वैतडी), तर्क राज जोशी (कैलाली ), शुभराज पाध्याय(बाजुरा ), रामदत्त जोशी (दार्चुला), देवेन्द्र बहादुर शाह (अछाम), रमेश ओझा (डाेटी), भवानी प्रसाद पन्त (कञ्चनपुर),सिताराम अवस्थी ,महेश दत्त भट्ट , निर्प बहादुर बि.क.,बेद प्रकाश जोशी,कृष्ण राज पाठक लाई निर्वाचित गरेको छ ।
संघकासचिव बेग बहादुर थापाका अनुसार वैशाख ०८ गते शनिबार एकैदिन ७ वटै प्रदेशमा एकसाथ नेपाल प्रधानाध्यापक संघ प्रदेश स्तरीय सम्मेलन सम्पन्न गरिएका छन् । यसै गरि एकसाथ नेपालका सबै जिल्लाहरुमा प्रधानाध्यापक संघ नेपाल गठन गरिने र आउँदो जेठ २६ र २७ गते काठमाडौंमा केन्द्रिय सम्मेलनको आयोजना गरिएको जानकारी समेत दिए ।
नवनिर्वाचित सुदुरपश्चिम प्रदेश अध्यक्ष लक्ष्मण दत्त भट्टले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै प्राधानाध्यापकहरुको हक, हित र अधिकारका लागि कटिबद्द भएर प्रदेश समिति निरन्तर लागि पर्ने बताए ।
सामुदायिक विद्यालय प्रधानाध्यापकहरुको संस्था नेपाल प्रधानाध्यापक संघ सुदुर पश्चिमको सम्मेलनलाई सम्बोधन गर्दै सुदुर पश्चिम प्रदेश सरकारका मुख्य सचिव डा.हरि लम्सालले सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयमा असल नेतृत्व आवश्यक हुनुपर्ने र असल नेतृत्वका लागि प्रधानाध्यापकहरु विद्यालयमा समर्पित भैइ आफ्नो मर्यादालाई नबिर्सि कटिबद्द भएर पेशामा लाग्नुपर्ने कुरामा जिकिर गर्नुभयो ।
साथै प्रधानाध्यापक संघ नेपाल अंग्रेजीमा प्रीन्सिपल्स एसोसियसन अफ नेपाल ( PAN )एउटा गैर राजनैतिक विशुद्ध पेशागत संस्था रहेकाले निरन्तर विद्यालय सुधारमा लाग्ने कुरामा आफुलाई विश्वास रहेको बताउनुभयो ।
साथै कैलालीका शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख बैकुण्ठ प्रसाद सुवेदीले विद्यालयहरुमा भैइरहेका असल अभ्यासहरु एक आपसमा आदान-प्रदान गर्नुपर्नेमा जोड दिएका छन् ।साथै प्राधानाध्यापकहरुले भोग्नु परेको समस्या समाधानका लागि एकतावद्ध हुनु राम्रो संकेत भएको कुरा समेत बताए ।
कार्यक्रममा नेपाल प्रधानाध्यापक संघका केन्द्रिय सचिव बेग बहादुर थापा आफुलाई अब्बल नेतृत्वको रुपमा सावित गर्न पेशागत क्षमता अभिबृद्धि गर्न समेत यस संस्था आवश्यक रहेको औल्याए ।
उनले आफ्नो पेशालाई मर्यादित बनाउन र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै प्रधानाध्यापकहरुलाई जुट्न आग्रह गरे ।
Discussion about this post