लागुऔषधसहित कैलाली घर भएकी किशोरी र चार युवक एकैदिन पक्राउ

कैलाली:

कैलाली र कञ्चनपुरबाट एकैदिन लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्।एक किशोरीसहित प्रहरीले लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–९ मसानघाटबाट २ सय १० मिलिग्राम लागूऔषधसहित २५ वर्षीय दिनेश बोहरालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित बोहरालाई नियन्त्रणमा लिएको हो। त्यस्तै गोदावरी नगरपालिका–२ तेघरीबाट २ सय ५० मिलिग्राम लागूऔषधसहित थप एक जना पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–२ तेघरीका २५ वर्षीय बिजय लामा शनिबार दिउँसो पक्राउ परेका हुन्।इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले आफ्नै घरको कोठामा बसिरहेको अवस्थामा उनलाई लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएकोछ ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरबाट शून्य दशमलव २२१ मिलिग्राम लागूऔषधसहित सोही स्थानका २८ वर्षीय हरिश जोशीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेकोहो ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो।

जिल्लाको बेलौरी नगरपालिका–६ बैशाखाबाट पनि १ दशमलव ६५ ग्राम लागूऔषधसहित एक किशोरी र एक युवकलाई पक्राउ गरिएको हो।बेलौरी नगरपालिका–६ का २८ वर्षीय हरिश जोशी र कैलालीको धनगढी उपमहानगरपालीका–१ की १९ वर्षीया दिक्षा लामिछाने लागुऔषधसहित पक्राउ परेका छन् ।

शनिबार राति दुबै जनालाई लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले पैदल हिडिरहेको अवस्थामा चेकजाँच गर्दा दुबै जनाको साथबाट लागुऔषध फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित