बेलौरीमा ६ महिने मोटरसाइकल मर्मत तालिम सम्पन्न

केशब भट्ट/जेठ ३, बेलौरी। कंचनपुरको बेलौरीमा संचालित ६ महिने मोटरसाइकल मर्मत तालिम शुक्रबार सम्पन्न भएको छ ।

व्यसायिक तथा सीप बिकास तालिम केन्द्र महेन्द्रनगर र बेलौरी नगरपालिका वडा नम्बर ९ को संयुक्त सहकार्यमा मोटरसाइकल मर्मत तालिम संचालन गरिएको वडाध्यक्ष किसान रानाले बताए ।

गत मंसिरदेखि संचालित तालिममा १५ जनाको सहभागीता रहेको उनले बताए । तालिमका प्रशिक्षक त्रिलोक चन्द्र पौडेल रहेका थिए ।

दक्ष कामदार उत्पादन गर्ने उदेश्यले मोटरसाइकल मर्मत तालिम संचालन गरेकोमा कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश विधायन समितिका सभापती दिवान सिंह बिष्टले धन्यवाद व्यक्त गरेका छन।

रोजगारमुलुक तालिमले यस क्षेत्रको आर्थिक विकास समेत हुने भएकाले अन्य रोजगार मुलक व्यवसायिक तालिमका लागि प्रदेशस्तरबाट सहयोग गर्ने सभापति बिष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित