वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी चुनावी मैदानमा, क्षेत्र ३(क)बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी

कञ्चनपुर,
आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी समेत चुनावी मैदानमा उत्रिएका छन ।

वाणिज्य संघका अध्यक्ष जोशीले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३(क)बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन ।

गत असारमा सम्पन्न भएको वाणिज्य संघको निर्वाचनमा अध्यक्ष जोशी निर्वाचित भएका थिए । संघको चुनाव लडेको तेस्रो महिनामै प्रदेशको चुनावमा होमिएका छन । संघका अध्यक्ष जोशीसंगै सदस्य गोपाल बुढापालले समेत ३(क)बाट उम्मेदवारी दिएका छन । संघका अध्यक्ष जोशी र सदस्य पाल नै चुनावी मैदानमा देखिएका हुन ।

काँग्रेस निकट रहेका उद्योगी व्यवसायी जोशीले निजी क्षेत्रको समेत प्रतिनिधीत्वका लागि साथिभाईबाट हौसला प्रदान भएपछि उम्मेदवार बन्न खोजेको बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन सहायक अधिकृत तारा प्रशाद शर्माले हालसम्म क्षेत्र ३संघबाट दिपक सिह, शारदा चन्द, क्षेत्र ३(क)बाट दिवान सिह आग्री, गोपाल बुढापालले उम्मेदवारी दर्ता गराएका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित