निवर्तमान कार्यपालिका सदस्य भट्टद्धारा डुवान क्षेत्रको अनुगमन किसानलाई क्षतिपूर्तीको माग

बेलडाँडी,
गत बुधवार देखि लगातार हिजो सोमवार सम्म परेको अविरल वर्षाका कारण बेलडाँडी गाउँपालिका भरी क्षति भएको छ ।

बेलडाँडी खल्ला तथा डाडा क्षेत्रमा पुरै धान डुवानका साथै आएको हावाहुरीले धान, ऊखु लाई ढलाई दिएको छ । ढलेको धान पानीमा डुब्दा पानीमै पुनः उर्मिदा किसान चिन्तित बनेका छन् ।

निरन्तर वर्षा भइरहेपछि बेलडाँडी गाउँकार्यपालिकाकी निवर्तमान सदस्य तथा नेकपा एमाले जिल्ला कमिटि सदस्य लक्ष्मी भट्टले बाढी डुवान भएको क्षेत्रको अनुगमन गर्दै क्षति भएका किसानलाई क्षतिपुर्तीको माग गरेका छन् । उनका अनुसार किसानको भित्र्याउन तयार भएको बाली कसै किसानले काटेको कसै किसानहरुले काट्न बाकी रहेका बेला परेको वर्षाले बालीनाली नाश भएको बताए । वडा नं.१ को झर्नाखोलाका करण धेरै घरहरु डुवानमा पर्नुका साथै स्थानीय वासीहरुलाई बस्न समेत अप्ठेरो भएको छ ।

स्थानीय वासीहरुसंग जोडिएको सबै सरकार भन्दा नजिकको सरकार स्थानीय सरकारले समेत आफ्ना नागरिकहरुको दुःख बुझ्ने बेला नबुझेको प्रति स्थानीय वासीहरुले आक्रोस व्यक्त गरेको छन् । सरकार भनेको जनताको हो जनताको पक्षमा हुनुपर्ने ठाउँमा रमिते बनेको आरोप लगाउदै यतिका दिन सम्म डुवान हुदा सरकारका तर्फबाट कुनै आशवासन नआएको प्रति दुःख व्यक्त गरेका छन् ।


डुवान पिडितहरुका अनुसार हिजो सोमवार वर्षा कम भएपछि स्थानीय सरकारको टोली अनुगमनमा पुगेको बताउदै डुवान भएको क्षेत्रमा आफु निकै उद्धारमा खटिएको जस्ता फोटाहरु सामाजिक सञ्जालमा हाल्नका लागि खिचेर लगेको आरोप लगाए । उनीहरुका अनुसार स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले तुरुन्त क्षतिपूर्तीको व्यावस्था गरिदिनु पर्ने माग गरेका थिए ।

स्थानीय सरकारले डुवानका कारण क्षति भएको ठाउँमा अनुगमन गरिरहेको छ । पालिका उपाध्यक्ष शान्ती नाथको नेतृत्वको टोलीले अनुगमन गर्नुका साथै सबै वडाहरुले अनुगमन गरिरहेका छन् । बेलडाँडीमा बाढी र डुवानका कारण कुल क्षति कति भयो भन्ने एकिन डाटा भने आएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित