आफ्ना उम्मेदवारलाई जिताउन बेलडाँडी एमाले एकढिक्का, संघ हुदै प्रदेशमा लड्न आउनेलाई अव जनताले मेयरमा लड्न पठाउने

192
VIEWS

बेलडाँडी,
मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी बेलडाँडीका एमाले आफ्ना उम्मेदवारलाई जिताउने विषमा एकमत भए संगै संघ हुदै प्रदेशमा चुनाव लड्न आएका नेतालाई अव जनताले मेयरमा लड्न पुर्याउने बताएका छन् ।

नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउनका लागि बेलडाँडीका एमाले एकढिक्का भएको सन्देश दिदै आफ्नो उम्मेदवारलाई जनताले जिताउनेमा आफुहरु ढुक्क रहेको बताए । अहिलेको परमादेश सरकार जनताको पक्षमा नरहेको जनताले महसुस गरिरहेको जनाउदै स्थानीय सरकारहरुमा समेत यीनीहरुले बेथिति मचाइरहेको प्रति बेलडाँडी एमाले गम्भिर भइ भण्डारफोरमा लाग्ने जनाइएको छ ।

यस्तै नेकपा माओवादी केन्द्रकी उम्मेदवार विना मगरको विरोध गर्नेहरु अहिले विना मगरको दास जस्तै गरी भोट माग्न आउनेलाई जनताले अव सबक सिकाउनु पर्नेमा जोड दिए । आफैलाई खुबै विकास प्रेमी हुँ भन्ने कांग्रेसी नेता अहिले संघमा टिक नपाइसकेपछि अवसर नगुम्न दिने सोचका साथ प्रदेशमा लड्न आएको प्रति अव जनताले अवसरवादीहरुलाई चिन्नुपर्ने एमाले नेताहरुको भनाई छ । उनीहरुका अनुसार अव त्यस्ता नेतालाई जनताले मंसिर ४ पछि मेयर वा वडामा लड्न पठाउने बताएका छन् ।

बेलडाँडीका युवा नेता अक्कल बहादुर बिष्टका अनुसार संघमा तारालामा तामाङ, प्रदेश क मा वीर बहादुर थापा पातल र प्रदेश ख मा पल्लब राज भट्टलाई विजयी गराउनका लागि सबैलाई सुर्यमा मत गर्न आवहान गरेका छन् । उनका अनुसार साथीहरुमा कुनै मतभेद नभएको भन्दै पार्टीलाई बलियो बनाउन हामी सबै पार्टीको निर्देशन अनुसार चल्ने बताएका छन् । काम गर्ने क्रममा समिक्षा गरेर अगाडी बढ्ने र पार्टीले दिएको जिम्मेवारी सबैले वहन गर्न बेलडाँडी एमाले तयार रहेको बताए ।

यस्तै एमाले संग सत्तागठवन्धनका उम्मेदवारको प्रतिस्पर्धा हुने आकल गरिएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार