काठमाडौं :
दुई दिनमै सुनको मूल्य रेकर्ड ब्रेक भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार तोलामा १८ सय रुपैयाँ भाउ बढेको हो ।
बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन आज बिहीबार १ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।यसअघि मंगलबार हालसम्मकै उच्च तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा भने जेठ ७ गते उच्च मूल्य प्रतिऔंस २४५० डलरसम्म पुगेको सुन बिहीबार साढे १० बजे २३६८ छ ।
नेपालमा बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि अन्तर्राष्ट्रियभन्दा उच्च दरले सुन महँगिएको हो ।
चाँदीको भाउ अाज तोलामा २५ रुपैयाँ बढेर १८५० रुपैयाँ कायम भएको छ ।
Discussion about this post