काठमाडौं :
स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।बुधबार चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ८२० रुपैयाँमा करोबार भएको छ ।
मंगलबार चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।
Discussion about this post