किशोरीमाथी बलात्कार गर्नेलाइ कडा कारवाही गर्न सांसदको माग

काठमाडौं :

अछामको पञ्चदेव विनायक नगरापालिका एक किशोरीमाथी बलात्कार गर्नेमाथी कडा भन्दा कडा कारवाही गर्नुपर्ने सांसदले माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा शून्य समयमा नेकपा (माओवादी केन्द्र)का सचेतक रुपा चौधरीले यस्तो माग गरेकी हुन् ।उनले भनिन्, ‘सभामुख महोदय, अछामको पञ्चदेवल विनायक नगरपालिका दुई मामा घरमा बसेर पढ्दै गरेकी १६ वर्षकी किशोरी अस्ति राती छाउपडी गोठमा मामा नाता पर्ने १७ वर्षका यूवकबाट बलात्कृत भएको सूचना प्राप्त भएको छ ।

आज ति यूवक सहित समाज र परिवार पनि त्यतिकै दोषी छन् । दोषीलाई कडा भन्दा कडा कारवाही गरेर पीडितलाई न्याय दिनका लागि म सभामुख महोदयमार्फत सरकारलाई आग्रह गर्न चाहान्छु ।’प्रारम्भिक अनुसन्धानका क्रममा अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा १६ वर्षीया किशोरी सोमबार मध्यराति मामा नाता पर्नेबाट बलात्कृत भएकी थिईन ।

आरोपित १७ वर्षीय किशोरलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले बिहान किशोरी बेहोस अवस्थामा रहेको थाहा पाएको र छानबिन सुरु गरेको थियो । किशोरीमाथि सामूहिक बलात्कार भएको हुन सक्ने अनुमान गरिएको छ ।

पीडित र आरोपित दुवैको स्वास्थ्य परिक्षण गरिएको तर, रिपोर्ट अझै नआएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित