कञ्चनपुरका ९ स्थानीय तहले ल्याए साढे ८ अर्ब हराहारीको बजेट, कुन पालिकामा कति ?

बेलडाँडी । १० असारभित्र अगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार कञ्चनपुरका सबै स्थानीय तहले निर्धारित समयमै बजेट ल्याएका हुन् ।

७ वटा नगरपालिका र २ वटा गाउँपालिका रहेको कञ्चनपुरका पालिकाले ८ अर्ब ३४ करोडको हाराहारीमा बजेट ल्याएका छन् । भीमदत्त नगरपालिकाले १ अर्ब ९५ करोड, शुक्लाफाँटा नगरपालिकाले ९९ करोड, वेदकोट नगरपालिकाले ९८ करोड, कृष्णपुर नगरपालिकाले ९७ करोड, पुनर्वास नगरपालिकाले ८८ करोड, बेलौरी नगरपालिकाले ७८ करोड, दोधाराचाँदनी नगरपालिकाले ७५ करोड, बेलडाँडी गाउँपालिकाले ५३ करोड र लालझाडी गाउँपालिकाले ५१ करोड बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

दोधाराचाँदनी नगरपालिकाले असार ५ गते, शुक्लाफाँटा नगरपालिकाले असार ७ गते, बेलौरी र पुनर्वासले असार ८ गते, लालझाडी गाउँपालिकाले असार ९ गते, भीमदत्त, वेदकोट, कृष्णपुर नगरपालिका र बेलडाँडी गाउँपालिकाले १० गते नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित