वैवाहिक बलात्कारको मुद्दामा बर्दियाबाट बेलौरी वाइसिएल इन्चार्ज शाह पक्राउ

बेलौरी । वैवाहिक बलात्कारको मुद्धामा बर्दियाबाट बेलौरी वाइसिएल इन्चार्ज शाह पक्राउ परेका छन् । बेलौरी नगरपालिका वडा नंं.१० घर भएका ३३ बर्षिय ओब्जंग शाहको नाममा उनकै श्रीमती भनिने (रेखा) नाम परिवर्तन ले वैवाहिक करणी सम्वन्धी कसुरमा उजुरी दर्ता गरेपछि उनी पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय सुखड कैलालीमा जाहेरी दरखास्त गरेपछि उनलाई हिजो बर्दियाबाट प्रकाउ गरेको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पिडित महिलाले प्रहरीमा दिएको उजुरी अनुसार आफ्नो विवाह सामजिक परम्परा अनुसार बेलौरी १० बस्ने अर्का युवा संग २०६५ साल फागुनमा भइसको बताइन तर बिबाह गर्दा मलाई झुक्यानमा पारी बिवाह गरेको बताउदै आफ्नो ससुराको भाईले बिबाह भएको केहि दिनमा नै मेरो श्रीमानलाई घरबाट कुटपिट गरी घरमा आउन नदिने । कहिले नेपाल कहिले भारतमा बस्ने गरेका थिए । नेपाल मै हुदा पनि घरमा आउन नदिने, घरमा आए पनि नोकर जस्तो ब्यवहार गरी केहि दिन काम गराई फेरी घरबाट लखेटी भगाउने गरेको जनाइन ।

मेरो कान्छा ससुराले तिम्रो सासु र श्रीमानलाई मैले हेरबिचार गरी दिएको छु भनि भन्ने तर निजहरुलाई घरमा आउन नदिने गरेका थिए । तिम्रो स्वास्नीलाई मेरो छोरा ओब्जन शाहले आफ्नो श्रीमती बनाई सकेका छन, अब तिमी घरमा नआएपनि हुन्छ भनि मेरो श्रीमान लाई जानकारी गराई घरमा आउन नदिएका रहेछन, सो कुरा मलाई समेत थाहा जानकारी थिएन उनले भनिन्, तिमे श्रीमान आउदैन तिम्रो लागी हामी सबै कुराको ब्यवस्था गरिदिन्छौ, अब देखि तिमीले ओब्जंग शाहलाई श्रीमान स्वीकार गर्नु पर्यो भनि आफुलाई बिभिन्न किसिमको लोभ, लालच, डरधम्की देखाई ओब्जंग शाह संग बस्न बाध्य पारी संगै बस्न लगाईएकोमा आफुपनि संगै बस्न बाध्य भई हामी दुबै श्रीमान श्रीमतीको रुपमा बस्दै आएको बताइन ।

करिब ३/४ महिनाको अबधिमा मेरो पेटमा निज श्रीमनकै करणीबाट गर्भ समेत रहन गयो । मेरो पेटमा गर्भ बसेपछि निज श्रीमानले मलाई मिति २०७३ साल जेठ महिना देखि कोहलपुरमा लगि उतै खाने बस्ने ब्यवस्था गरिदियो म कोहलपुरमा नै बस्दै आएको पिडित महिलाले बताइन । कोहलपुरमा बस्ने क्रममा मिति २०७३ साल असोज महिनाको २६ गते छोरीको नेपालगंज मेडिकल कलेज कोहलपुरमा जन्म भयो । छोरीको जन्म भएपछि हामी दुबै घर आवतजावत समेत गर्ने गरेका थियों । पछि श्रीमानले नै तिमी माईतीघरमा गएर बस् तिम्री आमा एक्लै हुनुहुन्छ, हेरबिचार गर्नुर म समय समयमा भेटघाट गर्न आईरहन्छु भनि भन्दा हामीहरुको सहमतीमा माईतीघरमा बस्दै आएकी थिए ।

निज श्रीमान कहिले कसो आउने गर्दथे, आए पनि मादक पदार्थ रक्सी सेवन गरी आउने, कुटपिट गर्ने, शारीरीक तथा मानसिक यातना समेत दिने गरेका थिए । कैलाली बर्दगोरिया गाउँपालिका वडा नं.४ मुडा बजार स्थित पदम साउँदको घरमा मिति २०८०।११।२० गते अन्दाजी २२ः०० बजेको समयमा मादक पदार्थ रक्सी सेवन गरी कुटपिट गर्नुका साथै, शारीरीक तथा मानसिक यातना समेत दिई मिति २०८०/११/२१ गते आफु बिरामी भएको अवस्थामा भेटघाट गर्न भनि आए शाहले सोहि राती मलाई जबर्जस्ती करणी गर्न लाग्दा मैले आज म बिरामी छु, मलाई गारो हुन्छ भन्दा समेत कुरै नसुनी आफुले लगाएका लुगाकपडाहरु जबर्जस्ती खोली बिरामी अवस्थामा नै ३ पटक करणी गरेको जनाएका छन् । करणी पश्चात शाह उक्त स्थानबाट भागि गएको आरोप लागेको छ । पिडित महिलाले आफ्नो ईच्छा बिपरित जबर्जस्ती करणी गर्ने श्रीमानलाई कानुन बमोजिम हदै सम्मको कारबाही गरी क्षतीपुती समेत दिलाई भराई पाउँ भनि जाहेरी दिएका थिए ।

यता परिवार श्रोतका अनुसार ओब्जंग शाहलाई विभिन्न जालझेल गरि फसाउन खोजिएको जनाएका छन् । जाहेरीमा उल्लेख गरिएको कसुर झुठ्ठा भएको बताएका छन् । झुठ्ठा भएको प्रमाणित गरिदिने परिवार श्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित