किसानबाट कमिसन माग्ने बेलडाँडीकी विवादित उपाध्यक्ष शान्ति नाथ विरुद्ध ५ दलिय मोर्चा, चरणबद्ध आन्दोलन गर्ने घोषणा

बेलडाँडी । गरिखाने किसानबाट कमिसन माग्ने बेलडाँडी गाउँपालिकाकी विवादित उपाध्यक्ष शान्ति नाथ विरुद्ध ५ दलिय गठन भएको छ । बारम्वार विवादित उपाध्यक्ष नाथले हाकाहाकी कमिसन माग्ने गरेको बेलडाँडी ३ कमरीका किसानहरुले मिडियामा गई बोलेपछि बेलडाँडीका क्रियाशिल राजनितिकदल एकजुट भई अन्यायको विरुद्धमा आन्दोलन गर्ने घोषणा गरेका छन् ।

नाथले उपाध्यक्ष जस्तो गरिमामय पदको धज्जी उड्ने गरि पटक पटक गरेका क्रियाकलापका विरुद्ध अव कसैले सहेर नबस्नुपर्ने जनाउदै चरणवद्ध आन्दोलन मार्फत पद मुक्त गराउनुको विकल्प नभएको भन्दै सनिवार ५ दलिय गठवन्धन गरि आन्दोलनका कार्यक्रम गर्ने जनाएको छ ।

सयुक्त विज्ञप्तीमा नेकपा एमालेबाट प्रेमराज खाती, नेकपा माओवादी केन्द्रबाट डम्मर बहादुर शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेम सिंह साउद, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भोजराज पाण्डे र नेकपा समाजवादीबाट विर बहादुर बडवालले हस्ताक्षर गरेका छन् ।

उपाध्यक्ष नाथले पद र शक्तीको बारम्बार दुरुपयोग गर्दै वडा नम्बर ३ कमरीमा रहेको जमुना गाई भैसी कृषक समुहमा आफुले प्रदेश सरकारबाट अनुदान हालिदिएको भन्दै १६ लाख मागेको पिडितले पक्षले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका थिए ।

उपाध्यक्ष नाथले जमुना गाईभैंसी पालन कृषक समुहका अध्यक्षका श्रीमान हरकिसन रानालाई तपाईले भैंसी किन्नु पर्दैन जिल्लाको र प्रदेशको अनुगमन आउने बेला भाडामा भैंसी ल्याएर देखाउला कार्यक्रम पास गर्ने जिम्मा मेरो भनेर जनजाती समुदायका सोझासाझा किसानलाई उपाध्यक्ष शान्ति नाथको जालमा पारेको बताउदै आएका थिए ।

यता उपाध्यक्ष शान्ति नाथले अनुगमन गर्नु भन्दा पहिलै चेक लिइसकेका थिए । समूहको चेक लगे भोलि फसिन्छ मलाई तिम्रो व्याक्तिगत चेक दिनुस भनेर चेक लिएको बताए । भुक्तानी हुने वितिक्कै पैसा खातामा हालिदिनु होला हाकिमलाई मिलाउनु छ भनेको पिडित किसानले मिडियामा आएर बताएका थिए ।

नाथले पैसामुखी मात्र काम गरेको देखिएको छ । उनी बस्दै आएको घर सडकमा छ तर उक्त घर फरक कित्ता २ किलोमिटर भन्दा टाढा देखाउदा समेत सबै मुखदशक भएका छन् । उक्त घर नक्सा पास गर्ने तत्कालिन बेलडाँडी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी र शान्ति नाथले आ.व २०७९।८० अवैध भत्ता समेत खाएको महालेखापरीक्षण प्रतिवेदनमा तिनीहरुबाट असुल गर्नुपर्ने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित