कञ्चनपुर वाढीको ताण्डप : डुबेर चारको मृत्यु, एक अझै वेपत्ता

लाल ब. एसके/कञ्चनपुर, २४ असार । चार दिनदेखिको लगातारको भिषण बर्षाको ताण्डपले कञ्चनपुरका चार जनाको ज्यान गएको छ । भने, एक युवक वेपत्ता भएका छन । भिषण बर्षातकै कारण नवजात शिशुदेखि तीन किशोरीको ज्यान गएको छ, एक युवक नदीमा वेपत्ता भएका हुन ।

आइतबार चौधर नदी तर्ने क्रममा वेपत्ता भएका बेलडाँडी गाँउपालिका ३ वैवाहका २३ बर्षिया युवक डम्बर चौधरी अझै फेला परेका छैनन । माछामार्न गएका चौधरी वेपत्ता भएको २४घण्टासम्म समेत फेला नपरेपछि घर परिवार आफन्तले आँस पाउने आसै मारेका छन । भने, लास पाउने प्रतिक्षामै छन ।

आइतरबार रातभरी परेको बर्षाले घरभित्र जलमग्न भएपछि कृष्णपुर नगरपालिका १ पहरियाका ७ महिने नवराज शिशुको सोमबार बिहानै मृत्यु भएको छ । आमासंगै सुतेका नवराज शिशु सोनु धानुक सुतेको खाटबाट खसेर पानीमा परेर मृत्यु भएको हो ।

सोमबार दिउँसो एक तालमा डुबेर तीन किशोरीको मृत्यु भएको छ । विद्यालयमा विदा भएपछि पुनर्वास नगरपालिका ५(ग)गाँउका तीन किशोरी विद्यार्थी गाँउघर नजिकै रहेको तालमा पौडेखेल्ने क्रममा डुबेर मृत्यु भएको हो । गौरीशंकर माविमा अध्ययनरत तीन किशोरीको एकै तालमा ज्यान गएको छ ।

लक्ष्मी बोगटी, सृजना बोगटी र आरती बोगटीको मृत्यु भएको हो । लक्ष्मी कक्षा ९ र आरती, सृजना १० कक्षामा अध्ययनरत छन । बोगटी किशोरीत्रय सबै आफन्त हुन । विद्यालयमा विदा भएपछि उनीहरु दौतरी घुम्न तारतिर गएका थिए । भिषण बर्षाका कारण तारमा पानीको सतह बढेकाले उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बर्षाका कारण डुबेर मृत्यु भएका चारै जनाको सनाखत भएर आफन्तलाई बुझाएको बताए । वेपत्ता युवकको खोजीकार्य रहेको प्रवक्ता जोशीले बताए ।

यस बर्ष मनसुनको शुरुवातमै चार जनाले ज्यान गुमाईसकेका छन । भने, एक वेपत्ता भएका छन । बर्षाका बेला अनावश्यक घर बाहिर ननिस्किन समेत प्रशासन, प्रहरी सहितका सरोकारवाला निकायले आब्हान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित