कञ्चनपुर, साउन १० । बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका १३बर्षिया बालिका निर्मला पन्तको स्मृतिमा दिप प्रज्वलन गरिएको छ ।
नागरिक संघर्ष समितिले बिहीबार महेन्द्रनगरमा निर्मलाको स्मृतिमा दिप प्रज्वलन गरिएको हो ।
नागरिक सघर्ष समितिका सयोजकका संयोजक मिन भण्डारीले निर्मलाको स्मृतिका दिप प्रज्वलन गरिएको बताईन ।
कार्यक्रमा सहभागि अधिकारकर्मी निर्मलाको न्यायिक आन्दोलनमा होमिएका अगुवा एव घाईतेहरुलदे निर्मलाको हत्या हुँदा पनि अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओली रहेको र अहिले पनि उनै भएकाले ओली सरकारको गृहमन्त्रीमा निर्मलाकै गृहनगरका रमेश लेखक मुल नेतृत्वमा भएकाले निर्मलाका बलात्कारी हत्यारा सार्वजनिक गर्नुपर्ने माग अघि सारेका छन ।
संघर्ष समितिले शुक्रबार प्रशासन मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने जनाईएको छ । संघर्ष समितिले निर्मला कञ्चनपुरकी छोरीको न्यायका लागि अहिलेको सरकार गृहमन्त्री लेखकले विशेष पहल चिन्ता चासो दिनुपर्नेमा आब्हान गरेका छन ।
Discussion about this post