सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएको शव आफन्तलाई जिम्मा लगाउन सुरु, टुङ्गिएन बिमाको विवाद

काठमाडौँ ,

सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आफन्तलाई जिम्मा लगाउन सुरु भएको छ ।त्रिवि शिक्षण अस्पतालले ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’बाट सबैको पोस्टमार्टम रिपोर्ट सम्पन्न गरेसँगै केही आफन्तले शव बुझेका छन् ।

भने केही आफन्तले बिमालगायतको विषय नटुंगिएसम्म शव जिम्मा नलिने अडान  राखेका छन् ।शुक्रबार अपराह्न सहचालकसहित चार जना मृतकका आफन्तले शव लिएर गएको र अन्यले नलिएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ ।

केही आफन्तले बीमाको विषय अन्योल रहेको भन्दै योबारे टुंगो लागेपछि मात्रै शव बुझ्ने भनिरहेका छन् ।बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे नजिकै सौर्य एयरको ९–एनए एमई विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

सोही दिन उनीहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो ।शवको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा गोपालप्रसाद चौधरीसहितको २५ जना टोलीले पोस्टमार्टम गरेको हो ।यसैबीच सौर्य एयरलाइन्सले विज्ञप्ति जारी गर्दै पीडित परिवारजनलाई कम्पनीको तर्फबाट सहयोग हुने प्रतिबद्धता जनाएको छ ।

विज्ञप्तिमार्फत कम्पनीले भनेको छ, ‘पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुनसक्ने सम्मको सहयोग, साथ र सदभाव सधैं रहने विश्वास दिलाउँछौ । सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनियता आर्जनका लागि उहाँहरुले निष्ठापूर्वक पुर्याउनुभएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधै जीवन्त एवम् चिर स्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौ ।

साथै, यस दुर्घटनामा परि बाँच्न सफल हाम्रा अनन्य मित्र क्याप्टेन मनिष शाक्यको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित