बेलडाँडीका समाजसेवी थापा महाकाली सिंचाइ जल उपभोक्ता संघ केन्द्रिय अध्यक्ष भएपछि…

275
VIEWS

बेलडाँडी,
महाकाली सिंचाइ जल उपभोक्ता संघ केन्द्रिय समितिको अध्यक्षमा बेलडाँडीका समाजसेवी तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य भीम बहादुर थापा निर्वाचित भए लगत्तै बेलडाँडी बेलौरी क्षेत्रको विकासमा जोड दिएका छन् ।

थापाले पहिलो बैठक बाटै यस क्षेत्रका विकासका मुद्धाहरुलाई प्रथामिकता दिएका छन् । आज पश्चिम समाचारका पत्रकार संग कुरा गर्दै थापाले दैजी बेलडाँडी सडक खण्डको छेउछाउमा पर्ने झार सफाइको दिगो कार्यक्रमका लागि कार्यालय संग सकारात्मक कुरा भएको बताउदै तत्काल उक्त सडकको झाड सफाइ गरिने बताए । सो सडक छेउछाउको झाडीका करण जंगली जनावर नदेखिने हुदा दुर्घटना हुन सक्ने खतरालाई मध्य नजर गर्दै यसको दिगो व्यवस्थापनका लागि कार्यालयलाई सुझाव दिइएको समेत जनाए । यस्तै यस क्षेत्रका बैवाह भुडा जोड्ने नहरको बाटोमा ग्रावेल गरिने, कुण्डा नहर लगायतका नहरका बाटाहरुमा ग्रावेल गर्ने निर्णय समेत पारित गरेको जनाउदै छिट्टै कार्यान्वयनमा ल्याउने जनाए ।

यस क्षेत्रको सिमसार व्यवस्थापनका लागि उहाँले मास्टर प्लान समेत बनाउन थाालेको जनाउदै सिमसार व्यवस्थापनका लागि सोलार टुवेलका माध्यमबाट सो पानी नहरमा ल्याउने त्यसपानीले सिंन्चित गर्नमा समेत दोहोरो फाइदा हुने जनाउनु भयो । सोलार टेवुलका माध्यमबाट सिमसार क्षेत्रको पानी व्यावस्थापन गरेर प्रयोगमा नआएको किसानहरुको जमिन प्रयोगमा ल्याउन सकिने बनाउने आफु संग तमाम योजना भएको जनाए ।

आफुले पहिला क्षेत्रिय अध्यक्ष भएका पाला पनि धेरै काम गरेको र सोही मुल्याङन अहिले किसानले गर्दै आफुलाई पुनः केन्द्रिय अध्यक्ष बनाएकाले साथीभाईले दिएको जिम्मेवारीलाई पुर्णरुपले पालनागर्दै किसानको खेत सम्म पानी पुग्ने, किसानको खेतीपातीमा समेत बृद्धिविकासका कार्यक्रम ल्याउने बताए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार