भोली सोमबार देखी कैलालीको धनगढीबाट साँफे र बझाङमा नियमित उडान

कैलाली:

कैलाली को धनगढी बिमानस्थलबाट भोलीदेखी बझाङ र अछामको साँफेमा नियमित उडान गर्ने समिट एयरले जानकारी गराएको छ । समिटले प्रत्येक हप्ताको सोमबार र बिहिबार नेपालगन्ज देखी धनगढी र धनगढी देखी बझाङ र साँफे उडान गर्ने समय तालिका बनाएको छ । नेपालजञ्जबाट हुम्ला–सिमिकोट उडान गरेर विहान करिब ९ बजेट धनगढी आउने र धनगढी–बझाङ–धनगढी र धनगढी–साँफे र नेपालगन्ज उडान गर्ने तालिका बनाइएको छ।

यो सोमबारको उडान गर्न बनाइएको कार्यतालिका हो।अर्को उडान बिहिबार सिमिकोटबाट धनगढी–बझाङ र त्यहाँबाट नेपालगन्ज हुने तालिका रहेको छ । समिट एयरले सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा नियमित उडान गर्ने योजना बनाएपनि मौसम लगायतका बिभिन्न कारण उडान कार्य अवरुद्ध बन्न पुगेको थियो। २०३५ सालदेखी पुर्ण रुपमा बन्द रहेका बझाङ लगायतका बिमानस्तथल पछिल्लो समय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धावनमार्ग कालोपत्र गरेपछि नियमित उडान सुरु भएको थियो।

यसअघि कैलाली बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न परीक्षण उडान गरिएको थियो। समिट एयरले धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित