निर्मलाका हत्यारा सार्वजनिक गर्न गृहमन्त्री लेखकलाई ज्ञापनपत्र

केशव थापा/कञ्चनपुर, १९ भदौँ । नेकपा माओवादी केन्द्र महिला सगठनले ६ बर्ष अघि बलात्कार पछि हत्या गरेर उखुबारीमा फ्याकिए निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग अघि सारेको छ ।

माओवादी निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) कञ्चनपुरले गृहमन्त्री रमेश लेखकलाई निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग अघि सारेको हो । लेखक गृहमन्त्री भएपछि ५३ दिनमा पहिलो पटक गृहनगर महेन्द्रनगर पुगेका बेला माओवादी निकट महिला संगठनले निर्मलाका हत्यारा बलात्कारी यथाशिघ्र सार्वजनिक गर्न माग अघि सारेको बताए ।

महिला अधिकारकर्मी समेत रहेकी माओवादी नेतृ माया नेगीले निर्मलाको हत्या भएको ६ बर्ष पुरा भएर ७ बर्ष प्रवेस गरेपनि हालसम्म सरकारले हत्यारा सार्वजनिक गर्न नसकेको अवस्थामा यस अघि गृहमन्त्रालय अन्य जिल्लाले पाएको अहिले आफ्नै नगर, जिल्लाले पाएको अवस्थामा अपेक्षा सहित गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताईन ।

निर्मलाको न्यायका लागि आन्दोलनमा होमिएका नेगीले अव निर्मलाको न्यायका लागि गृहमन्त्रीले कुनै कसरबाँकी राख्न नहुने समेत गृहमन्त्री समक्ष आग्रह गरेकी छिन ।
अखिल नेपाल महिला संघ(क्रान्तिकारी) कञ्चनपुरका अध्यक्ष शान्ति शाहीले निर्मलाको न्यायका लागि अहिलेका गृहमन्त्री लेखकसंग आश भएको बताईन ।

‘अहिले निर्मलाकै गृहनगरले गृहमन्त्री पाएको छ, ‘उनले भनिन, ‘यतिबेलामा पनि निर्मलाले न्याय नपाए कहिले पाउने ?’ शाहीले उतिबेला एमाले–माअ‍ोवादी सरकार हुँदा काँग्रेस कञ्चनपुरका नेता कार्यकर्ताहरुले निर्मलाका हत्यारा खै ? भन्दै सरकार बिरुद्धमा सडक तताउने अहिले काँग्रेसले नै गृृहमन्त्री पाएकाले निर्मलाका हत्यारा सार्वजनिक गर्न ढिलासुस्ती गर्न नहुने बताए ।

यसका साथै अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले हमास समुहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाईको समेत माग अघि सारेका छन ।
सीमाक्षेत्र गड्डाचौकी नाकामा भारतीय र नेपाल पक्षबाट भईरहेको आतङ्क रोक्नुपर्ने, आरक्षपीडितको पुर्नस्थापना, महिलाको सुरक्षाका लागि ध्यानाकर्षण गराएका छन ।

माओवादी निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी)कञ्चनपुरको ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रमेश लेखकले आफु निर्मलाको न्यायका लागि गम्भिर भएर काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित