छड्के टोलीद्धारा गड्डाचौकी भन्सार कार्यालयका एक कर्मचारी घुस खाइरहेको अवस्थामा फेला

कञ्चनपुर । सरकारी तलब भत्ता खाने कर्मचारीका लागि अवैध घुस र कमिसन माछाका लागि पानीजस्तै बन्न थालेको छ । बुधवार एकाविहानै भालेले डाकोछोड्ने बेला छड्के टिमलाई फोन आउछ “केशव सर भन्सार कार्यालयको चेक पोष्टले अनावश्यक धमाधम रकम उठाउदै छ ।” केशब भट्ट नेतृत्वको छड्के टोली जनगुनासो आएको ठाउँ तर्फ प्रस्थान गर्छन् । फोनमा भनेजस्तै त्यहाँ गड्डाचौकी भन्सार कार्यालयका एक जना कर्मचारी भारतबाट समान ओसार्ने महिलाहरुबाट पचास, पचास रुपैंया उठाइराखेको देख्छन् ।

त्यहाँ छड्के टोलीको क्यामेरा पुग्दा ती पैसा उठाइराखेका कर्मचारी हत्तोसाहित हुदै केहि होइन केहि होइन गल्ती भयो सर भन्दै पत्रकार केशव भट्टलाई हातजोड्छन् । रंगेहात घुसलिन फेला परेपछि गड्डाचौकी भन्सार कार्यालयमा सन्नाटा फैलिन्छ । हाम्रो समाचार नगरिदिनुस् हामी चियापानी खर्च दिन्छौ भन्दै ती कर्मचारीले पत्रकार भट्टलाई पैसाको आठो देखाउदै लोभ्याउन खोज्छन् । निष्ठावान पत्रकार भट्ट आफ्नो पेसालाई भुल्दैनन् र निरन्तर आफ्नो अप्रेशनमा अघिबढी रहन्छन् ।

वास्तविक केका लागि पैसा पर्दा पछाडीबाट संकलन गर्दै हो भनि बुझनका लागि छड्केटोली उक्त कार्यालयमा हाइलेवलका कर्मचारीलाई खोज्छन तर ती कर्मचारी भेटिदैनने । विहिवार, शुक्रवार समेत टोली उक्त कार्यालय परिसरबाट थप रिर्पोट संकलन गरी साझा आवाजको नियमित शनिवारे कार्यक्रमबाट गड्डाचौकी भन्सार कार्यालयकाका कर्मचारीहरुको कर्मकुण्डली पस्कीन्छन् ।

माथिल्लो तहका कर्मचारीले मिलेमतोमा कुनै काम नगरिने र आफुहरुले पैसा संकलन गर्न नभनेको जिकिर गरेपनि श्रोतले माथिल्लो हाइलेवलका कर्मचारी सम्म यो पैसा जाने जनाइएको छ । गड्डाचौकी नाकाबाट १ दिनमा करिब १५ सय भन्दा बढी मान्छेबाट ५०का दरले पैसा उठाउदा दैनिक ७५ हजार हुन जान्छ । यी बाट महिनामा २२ लाख भन्दाबढी पैसा संलकन हुने देखिन्छ । अझ भन्ने हो भने ठुला तस्कर देखि हप्ता बाधेको खवर समेत प्राप्त भएको छ ।

यस विषयमा गड्डाचौकी भन्सार कार्यालयका प्रमुखसंग टेलिफोन सम्पर्कगर्न खोज्दा उनको फोन स्वीचअफ रहेको थियो तर भन्सार कार्यालयले राजश्व बाहेकको कुनै पैसा कार्यालयले संकलन नगरिरहेको जनाएको छ । एकजना हाम्रो कर्मचारीले पैसा संकलन गरेको छ भन्ने खवर प्राप्त भएको छ छानवीन गरेर कार्वाहीको दायरामा ल्याउने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित