बेलडाँडी एमालेद्धारा अक्कल बिष्टको संयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

132
VIEWS

बेलडाँडी,
मंसिर ४ लाई लक्षित गर्दै नेकपा एमाले बेलडाँडीले अक्कल बहादुर बिष्टको संयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन बेलडाँडी एमाले एकढिक्का भएको जनाउदै २९ सदस्यीय सचिवालय समिति गठन गर्नुका साथै परिचालनका लागि विभिन्न उप समिति समेत गठन गरिएको बेलडाँडी गाउँकमिटीका अध्यक्ष लक्ष्मण भाटले जानकारी गराउनु भयो ।

उहाँका अनुसार सचिवालयमा संयोजक अक्कल बिष्ट, भीम बहादुर थापा, वीर बहादुर बिष्ट, कमल रोकाया, लक्ष्मी भट्ट, गुड्डी नेपाली, खगेश्वरी भण्डारी, मन्धिरे गिरी, गिठे बुढा, गोपाल धामी, चन्द्र खडका, लक्ष्मण भाट, प्रेमराज खाती, गणेश बिष्ट, शंकर भट्ट, अम्मर रोकाया, रतन खडका, लक्ष्मीराज निरौला, गणेश दत्त भट्ट, नरेन्द्र बिष्ट, हरि प्रसाद जोशी, गगन थापा, लक्ष्मण सुनार, फुलदेवी राना, मोतिमा अउजी, रमा भण्डारी, मानमती पन्त, देवकी बुढा, सरिता सुनार रहेका छन् ।

यस्तै आर्थिक उपसमिति भीम बहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय कमिटी, प्रचार प्रसार उपसमिति लक्ष्मी भट्टको संयोजकत्वमा ९ सदस्यीय समिति र जनसंगठन परिचालन उपसमिति कमल रोकायाको संयोजकत्वमा ७ सदस्यीय उपसमिति बनेको छ ।

साथै यसै कार्तिक ४ गते देखि ८ गते सम्म वडागत बैठकहरु सक्ने समेत जनाएको एमालेका युवा नेता जिल्ला कमिटि सदस्य कमल रोकायाले जानकारी गराउनु भयो । उहाँका अनुसार पार्टीले दिएको जिम्मेवारी सबैले मननगर्दै आफ्ना उम्मेदवारहरु जिताउनमा सबैलाग्नु पर्नेमा जोड दिए । एमालेका तर्फबाट प्रतिनिधी सभाका लागि तारालामा तामाङ उम्मेदवार रहेका छन् भने प्रदेश “क” वीर बहादुर थापा र प्रदेश “ख” मा उम्मेदवार पल्लब राज भट्ट रहेका छन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार