जनताको नेता होस त यस्तो, बैदेशिक रोजगारीमा अलपत्र परेकाहरुको सहारा बन्दै काँग्रेस नेता गोपी उपाध्याय

काठमाडौं, १४ असोज । गरिबीका कारण वैदेशिक रोजगारीमा गएका धेरै नेपालीहरूले अत्यन्त दुःख तथा अमानवीय व्यवहार सहनुपरेको छ । एकातिर उनीहरूले विदेशमा गएर जटिल काम गर्नुपरेको छ भने अर्काेतिर अपांग एवं ज्यानसमेत गुमाउनु परेको छ । यति मात्र होइन, धेरैजसो नेपाली युवतीहरू विदेशमा गई यौन शोषणको शिकार भएका छन् भने कतिपयको लाश आजसम्म पनि बेपत्ताकै अवस्थामा भएका बेला कतिपयलाई दलालले अलपत्र पारिदिएको छ ।

दलालकै सिकार बन्न कञ्चनपुरको क्षेत्र नं.१ पनि अछुतो रहेन । आफु विरामी भई काठमाडौंमा उपचार गराइरहेका नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नं.१ का युवा सभापति गोपी प्रसाद उपाध्यायलाई केहिदिन पहिला छोरी उद्धार गरिदिन भनि कल आउछ् । उपाध्यायले ति युवती आरती चौधरीको हुलिया खोजेर उद्धार कार्यमा सकृय हुन्छन् । तीनले विभिन्न निकायमा दवाव दिएर उनलाई तुरुन्त सकुशल नेपाल फर्काउन सफल हुन्छ् ।

उपाध्यायको प्रसायले विदेशमा अलपत्र परेकी छोरी घरफर्किन पाउदा परिवारमा खुसी छाउछ् सोही हल्ला जताकतै फैलिन्छ र नेता उपाध्यायलाई धन्यवादको ओइरो लाग्छ, धेरै युवाहरुले नेता होस त यस्तो भन्दै समाजिक संजाल रंग्याइरहेका छन् । भने कतिपयले नेता जनमुखी भएको भन्दै प्रशंसा गरिराखेका छन् भने कतिपय हाम्रा पनि बैदेशिक रोजगारीमा गएका हरु अलपत्र छन भनेर उद्धार गरिदिन नेता उपाध्यायलाई सम्झिदै छन् ।

साही क्रममा बैदेशिक रोजगारका लागि दलालले मलेशिया पुगाएर अलपत्र छोडेका बेलौरी नगर पालिकाका दुई जना युवाका अभिभावकले उपाध्यायलाई उद्धारका अपिल गर्छन उपाध्याय आफु बिरामी भएता पनि जनताको सेवाका निम्ति आफ्नो पिडालाई थाति राख्दै उनीहरुको बारेमा बुझदै जादा दालले रोजगार दिलाई दिन्छु भन्दै जनही दुई लाख पचास हजार रकम असुल गरि ५ महिना देखि मेलिसियामा खान समेत नदिएर अलपत्र पारेको खवर सुन्दा त्यस्ता दलाललाई तह लाउनु पर्छ भन्दै दुबैजना युवाको उद्दारका लागि वैदेशिक रोजगार बिभाग हुँदै कन्सुलर सेवा बिभाग काठमाडौमा उजुरी दिन्छन् र त्यसको नतिजा छिट्टै आउने पिडित पक्षलाई आसवासन दिएका छन् ।

चौतफी नेताहरु, घुसखोरी, कमिशन, दलाली, आसेपासेलाई मात्र अवसर, आफ्नो पायक पर्ने ठाउँमा मात्र बजेट पार्ने कार्यले बेइजती भइराखेका बेला यी काँग्रेस युवा नेता उपाध्यायले उदाहरणीय कार्य गरिराखेका छन् । सरकारको अक्षमताले गर्दा यहाँका लाखौं युवाहरू कोरोना महामारीपछि फेरि पनि पीडादायी वैदेशिक यात्रा गर्न बाध्य छन् । त्यसैले यस सम्बन्धमा सम्बन्धित पक्षले यथाशीघ्र ध्यान दिन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित