आज आईतबार सुनको मूल्य तोलाको १ लाख ६५ हजारमा कारोबार

काठमाडौं। आज आईतबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेसँगै मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको बताएको छ ।शुक्रबार तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार १ लाख ६५ हजार पुगेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ९५ रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँ कायम भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित