कञ्चनपुर, ७ कार्तिक । कञ्चनपुरका युवा पत्रकार मदन गिरीलाई आर्थिक पत्रकारिता पुरस्कार पाईएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले पत्रकार गिरीलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
बुधबार वाणिज्य संघको ३३औँ बार्षिक साधारण सभामा पत्रकार गिरीलाई नगद ५१ सय सहित प्रमाण पत्र दोसल्ला ओढाएर पुरस्कार प्रदान गरिएको छ । आर्थिक क्षेत्रमा समाचार सम्प्रेषण गरेर अर्थव्यापारमा टेवा पु¥याएको भन्दै पत्रकार गिरीलाई पुरस्कार प्रदान गरिएको वाणिज्य संघका महासचिव खगेश्वर बोहराले बताए ।
प्रमुख अतिथि समेत रहेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले पत्रकार गिरीलाई प्रमाण पत्र सहित पुरस्कार हस्तान्तरण गरेका थिए ।
आर्थिक अभियान दैनिक कञ्चनपुरका समाचारदाता एव आर्थिक दृष्टिका सम्पादक गिरी दशकदेखि पत्रकारिता क्षेत्रमा सकृय छन । दार्चुलाका स्थानीय समेत रहेका पत्रकार गिरी कञ्चनपुरमा अध्ययनसंगै पत्रकारिता गर्दै आएका छन ।
आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका गिरीले पुरस्कारबाट थप कार्य क्षेत्रमा उत्साह थपिदिएको बताए । वाणिज्य संघले हरेक बार्षिक साधारणमा जिल्लाका एक पत्रकारलाई यसरी नै पुरस्कृत गर्दै आएको छ ।
Discussion about this post