माधब पौडेल, १०कार्तिक। कञ्चनपुरको बेलौरी पालिका नगरपालिका वडा नम्बर ८ मा रहेको रामघाट सामुदायिक वन उपभोक्ता समितिको १८औं बार्षिक साधारसभा शनिबार सम्पन्न भएको छ।
कार्यक्रमको सभापति रामघाट सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष सोमलाल चौधरी,प्रमुख अतिथि कुण्डा सव डिभिजन कार्यालय पचकडियाका प्रमुख दिनेश कुमार यादव,विशिष्ट अतिथि बेलौरी नगरपालिका वडा नम्बर ८का अध्यक्ष विश्राम राना, अतिथिमा अमर स्मृति सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष खडक चौधरी, पुष्पलाल सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष प्रेम चौधरी,लगायत समितिका पदाधिकारी स्थानीय सञ्चारकर्मीको सहभागिता रहेको थियो।
साधारण सभामा समितिको आर्थिक वर्ष २०८०/०८१ को समितिका कोषाध्यक्ष भागरती चौधरीले १५ लाख ३ हजार ८ सय ५६ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको थियो।र संस्थाको चालू आर्थिक वर्षको अनुमानित आर्थिक प्रतिवेदन सचिव मिना ऐर ठगुन्नाले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै कुण्डा सव डिभिजन वन कार्यालय पचकडियाका प्रमुख यादवले साधारण सभा तोकिएको समयमा गर्नुपर्नेमा जोडदिँदै समयमै गर्न सके काठ दाउरा संकलनमा सहज हुने बताउनुभयो।अहिलेको मुख्य समस्या यो क्षेत्रमा धान खेती पाक्ने बेलामा हात्तीको झुण्ड आउने गरेकाले हात्तीलाई सहज तरिकाले निस्किने वातावरण नहुँदा थप क्षति हुने गरेको र हात्तीको झुण्ड लाई नजिस्काई सहज रुपले जान दिन घट्ना र क्षति कम हुने बताउनुभयो।
कार्यक्रमको समापनमा बोल्दै समितिका अध्यक्ष चौधरीले कार्यकममा सहभागी हुन भएका सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।कार्यक्रमको सहजीकरण समितिका सचिव मिना ऐर ठगुन्नाले गर्नुभएको थियो।
Discussion about this post