रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।
भदौ १० गते आएको भीषण बाढीपछि सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनको शुक्रबार जीवितै उद्धार गरिएको हो। लामो समयसम्म सुरुङभित्र फसेका उनीहरूलाई सकुशल बाहिर निकालिएपछि उद्धार टोली तथा आफन्तमा खुसी छाएको छ।
उद्धार गरिएका कविर महर्जन त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाका सुपरभाइजर रहेको आयोजना प्रमुख आवास ओझाले जानकारी दिए।
त्यस्तै, शुक्रबार बिहान उद्धार गरिएका सञ्जय साह नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी रहेको जनाइएको छ।
विनाशकारी बाढीपछि सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार हुनुलाई उद्धार कार्यमा संलग्न टोलीको अथक प्रयास र उनीहरूको अदम्य धैर्यको परिणामका रूपमा हेरिएको छ।





















Discussion about this post