अष्ट्रेलियाले इंगल्याण्डलाई पराजित गरेपछि नेपाल क्वार्टरफाइनलमा

काठमाडौं । हङकङ सिक्सेस क्रिकेटमा नेपाल नेपाल एक खेल अघि नै क्वार्टरफाइनल प्रवेश गरेको छ । समूह बी अन्तर्गत देफमा अष्ट्रेलियाले इंगल्याण्डलाई ३४ रनले पराजित गरेपछि नेपालले समूहको अन्तिम खेलअघि नै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।

पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले १ विकेट गुमाएर १४७ रन बनाएको थियो । १४८ रनको लक्ष्य पछ्याएको इंगल्याण्डले ११३ रन मात्र बनाउन सक्यो ।पहिलो खेलमा नेपालले इंगल्याण्डलाई १० विकेटले पराजित गरेको थियो ।
इंगल्याण्ड लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिएको छ । नेपालसँग अष्ट्रेलियाले पनि क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

अब नेपाल र अष्ट्रेलियाबीच हुने समूहको अन्तिम खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ । कप्तान सन्दीप जोराले विष्फोटक ब्याटिङ गरेपछि नेपालले तीन पटकको च्याम्पियन इंगल्याण्डलाई पहिलो खेलमै ६ विकेटले पराजित गरेको थियो ।

कप्तान जोराले ५० रन बनाएपछि नेपालले ९८ रनको लक्ष्य विना क्षति ४।२ ओभरमा पूरा गरेको हो ।त्यसअघि मोङ कोङ मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको इंगल्याण्डले ५।५ ओभरमा ६ विकेट गुमाएर ९७ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित