आज देखि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु, ठाउँठाउँमा विभिन्न कार्यक्रम

बेलडाँडी, १० मंसिर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । अभियान सुरुआतको दिन आज बिहान देशका धेरै जिल्लामा प्रभातफेरी आयोजना गरिएको थियो भने विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरिएका छन् ।

लिङ्गको आधारमा हुने सबैखाले हिंसा अन्त्यका लागि उक्त अभियान हरेक बर्ष सञ्चालन हुँदै आएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ । कञ्चनपुरको बेलडाँडीमा इलाका प्रहरी कार्यालयको आयोजना र बेलौरीमा नगरपालिकाको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुको दिन सोमबार प्रभातफेरी सहित कार्यक्रम आयोजना गरिएको छ ।

‘हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता’ भन्ने नाराका साथ उक्त अभियान सुरु गरिएको हो । बेलडाँडीमा इलाका प्रहरी कार्यालय बेलडाँडीका प्र.स.नि. लोकेश नाथको कमाण्डमा खटि गएको प्रहरी टोली र शान्ति पुनस्थापना ग्रहको समन्वयमा लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियानको पहिलो दिन स्थानीयहरुसंग जनचेतनामुलक अन्तरक्रियात्मक कार्यक्रम गरेको थियो ।

भने बेलौरीमा इलाका प्रहरी कार्यालय,सशस्त्र प्रहरी बल, प्रस्तावित गुल्म, CMC नेपाल ,CDC, पीसवित, मर्सिकोर,TPO, निड्स नेपाल नेपाल (M-Red),MERCY CHLORPS, शान्ति पुनस्थापना ग्रह, OCMC, मानव अधिकार संरक्षण समूह, बेलौरी युवा संजाल लगायतको समन्वयमा सोमबार बेलौरी बजारमा प्रभातफेरि कार्यक्रम गर्दै नगरपालिकाको सभाहलमा अन्तक्रिया कार्यक्रम गरिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित