धनगढी । सुदूरपश्चिम महोत्सवको १८ औँ संस्करण मंसिर २२ गतेदेखी शुरु हुन लागेको छ । आगामी मंसिर २२ गतेदेखी पुस २ गतेसम्म महोत्सव सञ्चालन हुने कैलाली उधोग बाणिज्य सघंले जनाएको छ । कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको महोत्सव धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा आयोजना गर्ने तयारी थालेको छ ।
महोत्सवको तयारी तिव्र पारिएको कैलाली उधोग बाणिज्य सघंका अधयक्ष पुस्पराज कुवँरले बताए । महोत्सवको तयारीका लागि अध्यक्ष कुँवरको संयोजकत्वमा बिभिन्न उपसमिति बनाइएको छ । ३ करोड लगानी अनुमान गरिएको महोत्वसमा उद्योगी व्यवसायको १५ करोड वरावरको कारोवार हुने अनुमान गरिएको छ ।
महोत्सवमा कृषि,जडिवुटी, हस्तकला फर्निचर, अटोमोवाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सुचना प्रविधि गरि ५०० जति स्टलहरु रहने जनाइएको छ । अध्यक्ष कुवँरका अनुसार करिव ९५ प्रतिशत स्टल वुक भइसकेको छ र महोत्सवको करिव ७० प्रतिशत काम सम्पन्न भइसकेको छ ।व्यवसायिक कृषि प्रर्दशनी, उद्योग व्यापारको प्रवद्र्धन तथा कला, संस्कृतिको संरक्षण एवंम् प्रवद्र्धनका लागि स्टल रहने अध्यक्ष कुँवरले बताए ।
यस वर्षको महोत्सवमा करिब ५ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ । सुदुरपश्चिमवासीले गर्वका साथ पर्वको रुपमा मान्दै आएको सुदुरपश्चिम महोत्सव व्यापार व्यवसायको जगतमा उत्कृष्ट र अनुपम नमुनाको रुपमा रहने अध्यक्ष कुवँरले विश्वास लिए ।महोत्सवलाई भब्यरुपमा सम्पन्न गर्न मुल आयोजक समिति सहित २९ उप समिति रहेको बताउँदै उनले सवैको उत्कृष्ट सहयोगले सुदुरपश्चिम महोत्सव २०८१ भव्य रुपमा सम्पन्न गर्ने बिश्वास लिए । उनका अनुसार महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधिका स्टल रहने छन्।
वाणिज्य संघका महासचिव ओम बिष्टले स्थानीय उत्पादन र उद्यमशिलतालाई प्राथमिकता दिइएको महोत्सव करीब पाँच लाख जनाले प्रत्यक्ष रुपमा अवलोकन गर्ने अनुमान गरिएको बताए । महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई एक सय रुपैयाँ र फरक क्षमता भएका तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उद्योग वाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष कुँवरले महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री केपी सर्मा ओलीलाई निमन्त्रणा गरिएको बताए । तर प्रधानमन्त्रीको चिन भ्रमणका कारण महोत्सव उद्घाटनमा आउने निश्चित नभएको उनले बताएका छन् ।
महोत्सवको टिकटको केही रकम सामाजिक क्षेत्रका विषयहरुमा छुट्टाइएको छ । सम्मृद्ध महिलाको लागी ः आर्थिक सामाजिक सशक्तिकरण को लागी प्रति टिकट रु।२ छुट्टाइएको छ भने प्रति टिकट रु। ५ रुपैया संघको विपद व्यवस्थापन कोषमा जम्मा गरिने कैलाली उधोग बाणिज्य सघंले जनाएको छ । यसका साथै सामाज विकासको चुनौतिको रुपमा रहेको लागु औषध दुव्र्यसन विरुद्धको अभियानको लागी प्रति टिकट रु। १ छुट्टाइएको जनाइएको छ ।
Discussion about this post