भीमदत्तनगर वडा–०६ बासिलाई राप्रपाको सुशासन परिक्षण जाच्ने अवसर : जोशी “ठुलादलका भ्रमित चुनावी एजेण्डाबाट मुक्त पाउन राप्रपालाई वडाबासीले साथ दिनेमा ढुक्कछौ’’ : चन्द

महेन्द्रनगर १२ मंसिर कञ्चनपुरको भिमदत्तनगरमा हुन लागेको वडा उपनिर्वाचन तयारी दौरानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका एक नेताले आफ्नो पार्टीको परिक्षा लिने जिम्मेवारी वडाबासीले पाएको बताएका छन ।

बुधबार भिमदत्त नगरपालिका वडा नं ०६ मा उपनिर्वाचनको चुनावी सभालाई सम्वोधन गर्दै राप्रपा सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशिले सुशासनको परिक्षण जाच्ने अवसर रहेको बताए । उक्त चुनाव प्रचारप्रसार घरदैलो कार्यक्रमको भेला सम्बोदन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा सहप्रवक्ता पुर्ण बहादुर चन्दले अहिले सम्म ठुला दलका नेताहरुले जनताहरुमा भ्रमको आश्वासन छर्ने र विजयी भएपछि सवै विर्सने गरेको अवगत गराउदै यस पटक एक मौका आफ्नो पार्टीको उम्मेदवारलाई दिएर हेर्न अनुरोध गर्दै राप्रपा साच्चिकै राष्ट्र हितमा जनता सामु गरेको प्रतिवद्धता पुर्ण गर्ने पार्टी रहेको विश्वास दिलाउने बताएका छन ।

त्यसैगरी राप्रपा केन्द्रिय सदस्य तिर्थ राज चटौतले पनि यस पटकको उपनिर्वाचनमा वडाको नेतृत्व आफ्नो पार्टी को उम्मेदवारलाई दिएर सम्पुर्ण वडाबासीले एक पटक कुशल नेतृत्वको प्रत्याभुति दिलाउने अवसर दिन अनुरोध गरेका छन । राप्रपा केन्द्रिय सदस्य दोधाराचाँदनी नगरपालकाका –०५ का ईन्द्र बहादुर खत्रीले यहि २०७९ को स्थानिय निर्वाचनबाट दोधाराचाँदनी नगरपालिका वडा नं. १ को अध्यक्षमा बिक्रम चन्दले र वडा न.०५ बाट केशब बहादुर खत्रीले विजयी हासील गरेर अहिले वडा ÷नगरबासी जनसमुदायका मन जितेका छन भने भीमदत्त नगर–०६ को उपनिर्वाचनमा आफ्नो पार्टीले जित हासील गरेर बिकासको नमुना वडा बनाउनेमा ढुक्क रहेको बताएका छन ।

यहि २०७९ को निर्वाचनबाट भीमदत्त नगरपालिकाको १९ वडामा राप्रपाले झिनो मतान्तरले पछि रहेको जिकिर गर्दै अहिले हुन लागेको उपनिर्वाचनमा आफ्नो पार्टीले आगामी निर्वाचनमा आफ्नो पार्टीको कार्यसम्पादनमा दक्षता देखाउने अवसर रहेको बताउनुका साथै सम्पूर्ण ०६ का बडाबासीहरुलाई आफ्नो उम्मेदबारलाई बहुमतका साथ विययी गराईदिन पनि हार्दिक अनुरोध गरेका छन । यसैगरी सुशासन राज्य संयन्त्रलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरूप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट वडा नं.–०६ का नागरिकलाई शासनको सुखद अनुभूति दिलाउनु नै राप्रपाको मुल एजेण्डा रहेको अध्यक्षका उम्मेदवार शुशिल कुमार भट्टको भनाई रहेको छ ।

राप्रपा कञ्चनपुर जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्दले यहि २०७९ बैशाखको स्थानीय निर्वाचनमा आफ्नो पार्टीले झिनो मतान्तरले पराजय बेहोर्नु परेपनि आगामी वडा देखि केन्द्र सम्मको चुनावमा राम्रो बिजयी हासिल गर्ने र यस पटकको भिमदत्त ०६ मा हुदै गरेको उपनिर्वाचनमा वडामा बिजयी सुरुवात अहिले नै गरी आफ्नो पार्टीले जनसमुदायमा गरेको प्रतिबद्धता अनुरुप काम गर्ने रहेछ भन्ने विश्वास कायम राख्ने चन्दले बताएका छन । यस अघिल्लो बर्षौ देखि “ठुलादलका भ्रमित चुनावी एजेण्डाबाट मुक्त पाउन राप्रपालाई वडाबासीले साथ दिनेमा ढुक्कछौ’’ जिल्ला अध्यक्ष चन्द को भनाई रहेको छ ।

यस्तै भीमदत्तनगर वडा न ०६ का स्थानिय बासिन्दा राप्रपा क्षेत्र न ०३ (क) प्रदेश अध्यक्ष कमल बहादुर चन्दले यसपटक बडाको नेतृत्व आफ्नो पार्टीेले पाउने र जनअपेक्षा अनुरुप काम हुनुका साथै भीमदत्त नगरका–१९ वडा मध्ये कार्यप्रगतिमा पहिलो वडा बनाउनमा वडा संग सहकार्यमा रहने प्रतिवद्ध रहेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित